site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाल यौन दूराचारीको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक केन्नेथविरुद्ध १० उजुरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अमेरिकाको खोजी सुचीमा रहेका र नेपालमा बाल यौन दूराचारीको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्बसको विरुद्ध पुनः दुई जना बालकले उजरी दर्ता गरेका छन् । हालसम्म उनको नाममा उजुरी गर्ने बालकको सङ्ख्या १० पुगेको छ । केन्नेथलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले केही दिन अघि काठमाडौँको ठमेलबाट पाँच बालकसहित पक्राउ गरेको हो । 
आफूलाई एप्स डेभलपरको परिचय दिँदै पटक–पटक नेपाल आएका जोसेफ कोम्बसले दर्जनौं बालकलाई यौन शोषण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 
सीआईवीका प्रमुख डीआईजी नवराज सिलालले भने, “जोसेफ कोम्बस २०१४ को सेप्टेम्बरयता छ पटक नेपाल आइसकेका छन् । उनी अमेरिकी प्रहरीको आँखा छल्न नेपाल आएको हुनसक्छन्, नेपालमा पनि यसअघि पटक–पटक पक्राउ पर्दै आएका जोसेफ कोम्बस यौन दूराचारको ठूलै अपराधी भएको प्रहरी अनुमान छ ।
उनका अनुसार जोसेफ कोम्बस ११ देखि १४ वर्ष उमेरका पाँच जना बालकलाई यौन दूराचार गरेकै अवस्थामा परेका थिए । “प्रहरीले अनुसन्धान गर्दै जाँदा अहिले १० जना पुगेका छन्, उनीबाट पीडित बन्नेहरू अझै बढ्ने क्रम जारी छ,” डीआईजी सिलवालले थपे । 
यसरी बालकलाई जालोमा पार्थे जोसेफ कोम्बस 
जोसेफ कोम्बस दिनहुँ काठमाडौंका विभिन्न स्थानमा घुम्थे, घुम्नेबेला उनले बाटोमा अभिभावकको रेकदेख नपाएको जस्तो बालक देख्ना साथ उनलाई हेलो हाई गर्दै नजिक हुन्थे । र, उनी ती बालकलाई नजिकको पसलमा गएको चक्लेट किनेर दिन्थे । बिस्तारै–बिस्तारै उनको परिवारका बारेमा जोसेफ कोम्बसले जानकारी लिन्थे । परिवारबाट वास्ता नहुने र दिनभरी जता गए पनि खोजी नगर्ने बालकलाई जम्मा पार्थे र होटलमा ल्याउँथे । 
अनुसन्धान अधिकारीका अनुसार कुनै कुनै बालकका अभिभावकलाई विश्वास दिलाएर पठन पाठनका सामग्री दिने र नजिक भएर बालकलाई आफ्नो जालोमा पार्थे । नेपाली भाषा नजान्ने भएका कारण उनले काभ्रेका बुद्ध पुतवारलाई सहयोगी बनाएका थिए । प्रहरीका अनुसार ती सहयोगीले विभिन्न स्थानमा पुगेर बालकहरुलाई पैसा दिन्छु, काममा लगाइदिन्छु, पढाउँछु भन्ने जस्ता प्रलोभन देखाएर जोसेफ कोम्बसको जिम्मा लगाउने गर्दथे । 
उनका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
तस्बिर केन्नथेको फेसबुकबाट
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC