site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
इलाम। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । 
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे। 
कार्यक्रममा उनले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताएका थिए । “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उनले भने । 
इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनको भनाइ छ । 
गत आव २०७२/७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमनसमेत गरेका छन् । रासस 
 
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  ११:४८
प्रतिक्रिया दिनुहोस्