site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनमत माग गर्दै संसद्मा निवेदन दर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले संविधान घोषणा हुनु अघि देशका सबै निर्वाचन क्षेत्रबाट संकलन गरिएको जनमतको विवरण माग गर्दै व्यवस्थापिका संसद् सचिवालयमा निवेदन दर्ता गरेका छन् ।
नेपालको संविधान बनाउने उद्देश्यले गठन भएको दोस्रो संविधान सभाले जनताका भावनालाई समेट्ने क्रममा संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिबाट संविधानको विधेयकको पहिलो मस्यौदामा समेट्ने गरी ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रबाट सुझाव संकलन गरिएको थियो ।
पूर्व सभापति निष्ठुरीले यस सम्बन्धमा भने– “जनताबाट प्राप्त राय सुझाव संविधान सभा कार्यविधि नियमावली अनुसार संविधानको विधेयकको मस्यौदामा समेटियो कि समेटिएन भन्ने बारेमा आजसम्म कसैलाई कुनै जानकारी छैन । जनमत संग्रह सरहको जनसहभागितामा संकलन भएको राय सुझावमा केकस्तो मत प्रकट भएको थियो भनेर थाहा पाउने हकअधिकार सबै नागरिकलाई छ ।”  
उनले जनताले प्रत्यक्ष मतदान गरी निर्वाचित गरेको सर्वोच्च संस्था संसद्ले जनमतको परिणाम आफैंले सार्वजनिक गर्नुपथ्र्यो  । तर संसद्ले जनमत परिणाम आजसम्म पनि सार्वजनिक नगरेको हुनाले त्यो थाहा पाउने अधिकार सर्वसाधारण नागरिक समेतलाई भएकोले विवरण माग गरेको निष्ठुरीले बताए ।
उनले आइतबार संसद् सचिवालय सिंहदरबारमा संसद्का महासचिवलाई सम्वोधन गर्दै ‘जानकारी उपलव्ध गराइदिनु हुन’ भनेर (दर्ता नं ३८९/०७३/५/२६) निवेदन दर्ता गरेको जनाएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC