site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ, २६ भदौ । विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा राष्ट्रको हितविपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् । 
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेकपा एमाले का उपाध्यक्ष भीम रावलले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै राष्ट्रको हितमा सन्धि सम्झौता गर्न आग्रह गरेका छन् । 
उनले नेपाल–भारतको सीमामा अझैपनि अन्योल रहेको भन्दै यसलाई मिलाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेता रावलले दूतमार्ग निर्माण भारतलाई दिन नहुने भन्दै पञ्चेश्वर आयोजनाको प्रतिवेदन बनाउँदा नेपालको हित सुनिश्चित गर्नुपर्ने बताए । उनले नेपालको आन्तरिक मामलामा विदेशीको हस्तक्षेप राम्रो नहुने स्पष्ट पारे । 
नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेपालका प्रधानमन्त्री भारत जाने क्रम निरन्तर भएकाले यसलाई ठूलो हल्ला गर्ने विषय बनाउनु उचित नभएको बताए। 
उनले संविधान संशोधन नेपालको आन्तरिक मामला भएकाले भारत जानुपूर्व नै संशोधन प्रस्ताव गर्नुपर्छ भन्ने कुरा नभएको बताए। उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राम्रो लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । 
नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुनले व्यवस्थापिका संसद्बाट चुनिएर प्रधानमन्त्री भएको व्यक्तिले राष्ट्रिय हितमा पक्कै सन्धि सम्झौता गर्ने बताए । 
उनले भारतसँग हुने दुईपक्षीय छलफलमा राजनीतिक विश्वासको वातावरण बनाउन भ्रमण सद्भावपूर्ण हुने पनि बताए। उनले विगतका आयोजना, परियोजनालाई निरन्तरता दिने प्रयास हुने उल्लेख गरे । 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले नेपाल–भारतको सम्बन्धले नेपाललाई नै फाइदा हुने भएकाले यसलाई विगार्न नहुने बताए । उनले “नेपालको सम्बन्ध भारत र चीनसँग जति राम्रो हुन्छ, त्यति नै नेपाललाई फाइदा हुन्छ ।” 
सद्भावना पार्टी नेपालका अध्यक्ष अनिलकुमार झाले नाकाबन्दीका कारण नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई मजबुत बनाउन यो भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेता झाले दू्रतमार्ग जो सक्षम छ त्यही कम्पनीलाई दिनु उपयुक्त हुने पनि बताए । रासस 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC