site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो : बिजुक्छे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताएका छन् । 
भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आज उद्घाटन गर्दै उनले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताए । 
अध्यक्ष बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा नेपाल भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाउँदै “पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ” भने ।  
नेपाललाई खतरा हुने कुनै पनि सन्धि सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उनले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । बिभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार ८३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ । 
सिरु बौद्धिकमा विष्ट चयन 
सिरु बौद्धिक समाजको अध्यक्षमा ध्रुवराज विष्ट सर्वसम्मतले चयन भएका छन् । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित समाजको १६औं साधारणसभाले उपाध्यक्षद्वयमा राजकुमार श्रेष्ठ र रमन कायस्थ, सचिवमा सनोद थापा, कोषाध्यक्षमा गीताप्रसाद पोखरेल र सहसचिवमा शान्ति कायस्थलाई चयन गरेको छ । 
त्यसैगरी सदस्यमा राजेन्द्र श्रेष्ठ, रामकृष्ण कार्की, खम्ब राई, भगवती थापा, नातिकाजी बस्नेत, नातिबाबु बुढाथोकी र रवीन्द्र थापा चयन भएका छन् । रासस 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC