बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपालमै सञ्चालन हुने भयो खुला विश्वविद्यालय, यसरी पढ्न सकिन्छ
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १७, २०७४
Laxmi Bank
Laxmi Bank

काठमाडौं ।  ७० को दशकको सुरुदेखि नै अन्त खुला विश्वविद्यालय सञ्चालनमा आए पनि नेपालमा भने यो वर्ष देखि सुरु हुने भएको छ । 

पैसा र समय भएरपनि नियमित कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाले जुनसुकै स्थानबाट आवेदन दिइ अब घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । विश्वविद्यालयले आउँदो हप्ता आवेदन खोल्ने भएको छ । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले १७ गतेको प्राज्ञिक परिषदको बैठकपछि भर्ना आवेदन खोल्ने बताए । 

Rohto Landing

Agani Group

नेपालमै पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब इन्टरनेटको माध्यमबाट अध्ययन–अध्यापन गराई डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने छ । खुला विश्वविद्यालयको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्रयाजुएट, मास्टर्स, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

शर्माका अनुसार अनलाइनबाट एक महिनाभित्र भर्ना गर्न सकिनेछ । उनले अहिले पाठ्यक्रम बनाउने काम भैरहेको  बताए । 

sarbottam cement

यस्तो छ भर्ना हुने प्रावधान
१२ कक्षा पास भएकाहरु जो पनि खुला विश्वविद्यालयमा भर्ना हुन पाउने छन् । www.nou.edu.np वेवसाइटमा गएर भर्नासम्बन्धी जानकारी लिन पाइन्छ । शर्माका अनुसार  रजिष्ट्रेसन, एडमिसन सबै अनलाइनको माध्यमबाट पनि गर्न सकिन्छ र यही मानभवन लपलतपुरस्थित विश्वविद्यालयमा आएर पनि गर्न सकिने छ । “खुला शिक्षा भनेपछि जो सुकैले जे पनि पढ्न पाउँछु भन्ने हुन्छ,” शर्मा भन्छन्, “अहिले  व्यवस्थापन, कानुन संकाय, सामाजिकशास्त्र तथा शिक्षा संकाय स्थापना हुने छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइनेछ,” उनले भने, “विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुनेछन् ।  यसमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’ का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । तर यसका लागि केही समय लाग्नेछ ।”

यसरी हुन्छ पढाइ
उपकुलपति शर्माका अनुसार पढ्ने सामग्री वेवबेस्डमा हुने र त्यहीँबाट विद्यार्थीले पढ्न सक्ने बताउँछन् । 

सुरूको वेलकम भन्ने पेज खुल्छ, यसमा प्रारम्भिक जानकारी पाइने छ । कोर्ष भेटिन्छ । यसमा कोर्षको विषयवस्तु हुन्छ । हामीले कोर्षको बारेमा विषयगत प्राध्यापकको भिडियो राखेका छौं । भिडियोमा कोर्षको बारेमा व्याख्या गरिएको हुन्छ ।  कोर्षको हेडलाइन र सामग्री सबै उक्त भिडियोमा हुन्छ ।  ‘सिलेवस’ पनि त्यहीँ हुन्छ । पढाइ सुरु गर्दा विक वन, विक टु भनेर सेक्सन छुट्याएर कक्षा सुरु हुन्छ । 

उपकुलपति शर्मा यस्तो सेक्सन १६ वटा रहेको बताउँछन् । पूरा कोर्ष १६ हप्तामा विभाजिन गरेर पढाइने छ । फेसबुकमा जस्तै कमेन्ट लेख्ने ठाउँ हुन्छ जसमा प्रश्न गर्न सकिन्छ भने हप्तामा दुई दिन प्राध्यापकहरूसँग प्रत्यक्ष कुरा गर्न समय मिलाइन्छ । त्यसबाहेक कुरा गर्नु परे लेखेर सञ्चार गर्न सकिन्छ । 

उपकुलपति शर्मा भन्छन्, “कोर्षका सात वटा हामीले ‘एलिमेन्ट’ तयार पारेको बताउँदै सिकाइका विषयबस्तु, सिकाइको उद्देश्य, साधन, क्रियाकलाप, कसरी कुराकानी गर्ने, प्रतिक्रिया कसरी गर्ने भन्ने हुन्छ । विद्यार्थीलाई पूरै व्यस्त गराउँदै एउटा पाठ पढेर यो कार्य गर भनेर लगाउने र त्यो नगरेसम्म दोस्रो पाठ हेर्न नपाउने गरि विषयवस्तु डिजाइन गरिएको छ ।”

शर्मा भन्छन्, “शिक्षक र विद्यार्थी बसेर नपढाए कसरी गुणस्तरको कुरा आउने ? भन्ने आशंका उठ्न सक्छ त्यसमा हामीले भर्चुअल मोडबाट, जस्तै म्यानेजमेन्ट थ्योरी पढाउनु पर्यो भने हाम्रो सेन्टरबाट एकजना प्राध्यापकले पढाउनुहुनेछ । उहाँले हाम्रो मुख्य सातवटा केन्द्र हुनेछ जसबाट हामीले अध्ययन लगायतका विषयमा जानकारी दिने छौं,” उनी अगाडि भन्छन्र, “मानौं आज तीन बजेदेखि ५ बजेसम्म फलानो प्राध्यापकको लेक्चर छ भनेर हामी भन्ने छौं । विद्यार्थी त्यहाँ सहभागी हुन्छन्, प्रश्न सोध्नेछन्, नबुझेको पुनः सोध्ने र अभ्यास गर्दै जानुपर्छ ।”

उनले तोकिएको समयमा कक्षा लिन भ्याइएन भने पढाइ भएको विषयवस्तु र शिक्षकको भिडियो सबै रेकर्ड भएर अर्काइभमा गएर बस्छ । समय मिलेको बेला अर्काइभमा गएर त्यो लेक्चर सुन्न सकिने तबाए । 

उपकुलपति शर्माले व्यवस्थित सिकाइका लागि हप्तादिनमा पढ्ने, असाइन्मेन्ट, भिजुअल क्लास तोकेर तालिका बनाइने बताउँछन् । 

लिखित र प्रयोगात्मक परीक्षा भने विश्वविद्यालयले तोकिएको केन्द्रमा नै सञ्चालन हुने शर्मा बताउँछन् । उनले राज्यले स्वीकृति दिए राजदूतावाससँग कुरा गरेर विदेशमासमेत अध्ययन केन्द्र खोल्न सकिने बताए । 

किताब र नोट सबै वेभमै 
हाल हामी त्यो चलाउन प्रयाक्टिस गरिरहेको बताए । उनले सिकाइको व्यवस्थापन प्रणाली पनि वेवसाइट, लाइब्रेरी, ई–लाइब्रेरी लयागत कोर्षबुक र नोटहरु सबै वेभमै उपलब्ध हुने बताए । 

समूह–समूहमा पढाउने र समूह अनुसारको ‘प्रोजेक्ट  वर्क’ पनि वेभसाइटबाटै जानकारी गराउने र पीएचडीको सुपरभिजन पनि यही मोडमा गरिरहेको जानकारी उनको भनाइ छ । 

यस्तो छ उद्देश्य
व्यवस्थापिका संसद्बाट पारित भएको नेपाल खुला विश्वविद्यालयको विधेयक ०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । ऐनमा प्रविधिमा आधारित खुला एवम् दूरशिक्षाको माध्यमबाट स्वःअध्ययन सिकाइ पद्दतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने भनेको छ । 

विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्नेछ । 

विश्वविद्यालय अन्तर्गत तीन वटा डीनको कार्यालय रहने छ । सो अन्तर्गत विभिन्न स्कुलहरु जस्तै स्कुल अफ सोसल साइन्स तथा बीचमा आवश्यकताअनुसार बिस्तारै थप्दै जाने कुलपति शर्माले बताए । टेक्निकल, भोकेस्नलको पार्ट पनि यसमै राख्दै, विद्यार्थी संख्या र प्रोगाम अनुसार फ्याकल्टी र विषय बढ्दै जाने शर्र्र्मा बताउँछन् ।  

उपकुलपति शर्माका अनुसार विद्यार्थीको माग अनुसार साइन्स, टेक्नोलोजी र आइटी वा अन्य जे विषयमा पढ्ने रुचि देखाए अनुसार व्यवस्था गरिनेछ । उनले खुला शिक्षा अन्तर्गत हिजो नेपाली पढ्नेले आज म्यानेजमेन्ट पढ्न मन लागे परितर्वन गर्न दिने तयारी रहेको उनले बताए । तर यसका लागि आवश्यक  न्युनतम योग्यता पुर्याउनु पर्नेछ । 

कोर्षमा के छ ?
उपकुलपति शर्माले भने, “अहिले हामी सातवटा ‘टास्क टिम’ र विभिन्न विश्वविद्यालयका प्राध्यापकको सहकार्यमा कोर्ष बनाउँदै लगेका छौं । केही अहिले चलेकै कोर्षहरू र केही नयाँ पनि थप्ने छौं ।  नयाँमा ई–गभरनेन्स ल्याउँदैछौं । त्यस्तै संघीय संरचनाका सदन, बजेट सबै जानेको मान्छे छैन हामी त्यो खालको कोर्ष पनि बनाइरहेका छौं । डेभ्लपमेन्ट एण्ड गभरनेन्स प्लानिङग लगायतका नयाँ विषय बनाइरहेका छौं । हेल्थ साइन्सका केही कोर्ष सुरु गर्न खोज्दैछौं र यसका लागि युएसको विश्वविद्यालयसँग सहयोग मागेका छौं ।”

शुल्क कति ?
उपकुलपति शर्माले शुल्कका सम्बन्धमा निर्णय भइनसकेको बताए । यद्यपि अनुमानित चार वर्षे कोर्षको ६० हजार तिर्नुपर्ने हुनसक्ने उनी बताउँछन् । “विश्वविद्यालयका लागि सुरुको अवस्थामा कम्तीमा ८० प्रतिशत लगानी राज्यले गरोस् भन्ने हाम्रो आग्रह हो । २० प्रतिशत विद्यार्थीबाट उठाउने सोच छ,” उनले भने, “जब विद्यार्थीसंख्या बढ्छ हामीले विद्यार्थीको अध्ययन शुल्क घटनाउँदै जाने नीति बनाएका छौं । तर अहिले पनि अन्य विश्वविद्यालयकोभन्दा हाम्रो शुल्क माथि जाने छैन ।” 

चुनौती
शर्माले खुला विश्वविद्यालय सञ्चालनमा चुनौती पनि देखेका छन् । अनलाइनबाटै कक्षा सञ्चालन गर्नु पर्ने भएकाले यो नै सबैभन्दा ठूलो समस्या हो । “टेक्नोलोजी प्रयोग गर्नुपर्छ ।

इन्टरनेटको पहुँचको समस्या छ र पुगेको ठाउँमा महँगो छ । सरकारले मोवाइल डाटमा विद्यार्थीलाई केही सहुलियत दिनुपर्नेछ,” शर्मा भन्छन्, “सबै जनशक्ति ई–लर्निङ्ग, भर्चुअल मोड र स्मार्ट प्रविधिबारे खासै जानकार हुँदैनन् । उहाँहरुलाई सक्षम बनाउने चुनौती छ । हामी त्यो कोर्षसँगै सिकाउँदै लानेछौं । हामी जे दिन्छौं गुणस्तरीय शिक्षा दिने तयारीमा छौं ।”

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १७, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्