site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१, सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

काठमाडौं उपत्यकाका एआईजी रवीन्द्र धानुकका अनुसार बसमा सवार दुई र स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।

आइतबार काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रीवाहक बस र बा६१च नम्बरको स्कुटीमाथि सल्लाको रुख ढलेको थियो ।

घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

तस्बिर : महत कुमारको फेसबुकबाट

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro