site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फेरि जनादेशबाट ओली प्रधानमन्त्री बन्नुहुन्छ, बल्ल अर्थतन्त्र सुधार हुन्छ : विष्णु पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन् । 

सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले एमाले निर्वाचनका माध्यमबाट अहिलेको सरकारलाई विस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"अहिलेको अर्थतन्त्रमा देखिएको समस्या वर्तमान सरकारका कारण आएको हो । यसको समाधान र देशको अर्थतन्त्र सुधार भनेकै अहिलेको सरकारको बहिर्गमन हो । फेरि पनि जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्नेछौँ । नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गर्छौं र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गछौं । अर्थतन्त्रका समस्या, समाजिक जीवन, आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजान्छौँ," उनले भने ।

पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेटविहीन रहेको पनि बताए । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको आरोप लगाए ।

Global Ime bank

उनले संविधानले गरेको व्यवस्था, कानुन ,बजेट निर्माणका मूल्य मान्यताहरूलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए ।

बजेट आफैँ विवादित रहेकाले बजेट बजेटको रूपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रूपमा मान्न नसकिने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय