site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० लाख भोट पाउन सक्नेरहेछौँ : माधव नेपाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् । अखिल नेपाल महिला संघको कार्यक्रममा उनले आफूहरूसँग २० लाख भोट रहेको बताए ।

“अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उमेदवारी दिएका थियौँ । २८ प्रतिशत उमेदवारी दिएका ठाउँबाट हामीले ९ लाख २७ हजार मत पाएका छौँ,” उनले भने, “कम्तिमा पनि यसको दोब्बर २० लाख भोट पाउन सक्ने रहेछौंँ । जबकि, सबै ठाउँमा संगठन पुर्‍याउन सकेका छैनौँ ।” मत बदर भएका कारण आफूहरूले तुल्सीपुर, इटहरी र काठमाडौंको उपमेयरमा हारेको बताए । 

उनले गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरेको आरोप लगाए । गठबन्धनबाट अपमान गरेको पनि बताए । गठबन्धनका नेताहरूले बेवास्ता भएको स्वीकार गरेको समेत उनको भनाइ छ । उनले चुनावमा आफूहरूबाट पनि कमजोरी भएको बताउँदै अबको निर्वाचनमा गठबन्धन भएन भने पनि सबै ठाउँमा उमेदवार बन्नेगरी तयारी गनुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro