site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने
Tiktok banner adTiktok banner ad

कोलम्बो । श्रीलंका सरकारले आवश्यक खाद्यवस्तुहरू आयात संकटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ ।

भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी)बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो ।

यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्यवस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो । श्रीलंकाका व्यापारमन्त्री नलिन फर्नान्डोले भने, “यो खरिदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भन्डारण गर्न हामीले पाउनेछौँ ।”

श्रीलंकाको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, “निकट भविष्यमा खाद्यवस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ ।”

स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका श्रीलंकालाई एक दिनपहिले भारतले तीन अर्ब रुपैयाभन्दा बढी मूल्यबराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो ।

कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधिहरू समावेश छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro