site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अडियो प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।

बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको भनिएको अडियो संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

Global Ime bank

अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो । उक्त अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।

यसैबीच, आजै बसेको बार काउन्सिलको बैठकले उक्त घटना सम्बन्धमा छानबिन गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय