site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुर एयरलाइन्सको विमानमा हवाई तुफान, विमान ४.६ सेकेन्डमै १७८ फिट तल खस्यो  

सिंगापुर । सिंगापुर एयरलाइन्सको अघिल्लो मंगलबार टर्बुलेन्स (हवाई तुफान)मा परेको विमान ४.६ सेकेन्डमा करिब १७८ फिट (५४ मिटर) तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

एक बेलायती यात्रुको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए । लन्डनबाट सिंगापुरका लागि उडान भरेको विमान म्यानमारको आकाशमाथि पुग्दा टर्बुलेन्समा परेको थियो । त्यसपछि थाइल्यान्डतर्फ डाइभर्ट गरेर बैंककमा अवतरण गराइएको थियो ।

सिंगापुरका अनुसन्धानकर्ताले उडान डेटा स्टोरबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर विमानबाट लिएका छन् । सिंगापुर एयरलाइन्सले अनुसन्धानकर्तालाई आफूले सघाइरहेको र प्रभावित यात्रु र क्रुको मेडिकल तथा अस्पतालको खर्च पनि व्यहोरेको जनाएको छ । विमानमा सिटबेल्ट नलगाएका कारण यात्रु घाइते भएका थिए ।

४.६ सेकेन्डमा ३७ हजार ३६२ फिटको अल्टिच्युडबाट ३७ हजार १८४ फिटमा झरेको थियो । एक्कासि यस्तो हुँदा क्रु र यात्रु घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro