site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जिसस कैलालीको मतदान सम्पन्न
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान सम्पन्न भएको छ । बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कुल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् । समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उमेदवारी छ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको थियो।

२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन्। अर्कोतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ। यसैबीच, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि मतदान गरेका छन् । स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा निर्णायक भएपछि उनले सत्ताधारी गठबन्धनलाई साथ दिएको बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement