site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड भन्छन्– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा पत्रकारसँग दाहालले कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता निर्वाचन गर्ने भन्नेबारे छलफल भएको बताए ।

“गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिम साता चुनाव गर्ने भन्ने कुरा भएको छ,” उनले भने, “गठबन्धन प्रधानमन्त्री लगायतसँग कुरा गर्दा मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दाहालले एकै चरणमा निर्वाचन गर्ने अथवा दुई चरणमा भन्नेबारे छलफल भइरहेको  पनि बताए ।

“चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सफल भयौं । प्रदेश र संघको एकैचोटी गर्न सहज हुन्छ कि हुँदैन भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा आएको छ । जे भए पनि मंसिरमा नै चुनाव हुन्छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय