site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारको लक्ष्य ८ प्रतिशत आर्थिक वृद्धिदर, विश्व बैंक भन्छ– ४.१ प्रतिशत मात्रै
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बैंकले सन् २०२२-२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२२-२३ मा ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको हो । यसअघि, विश्व बैंकले ४.३ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको भए पनि ०.२ प्रतिशत बिन्दुले संशोधन गर्दै आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको हो । 

यस्तै, २०२३-२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित प्रक्षेपण रहेको छ । यसअघि, जनवरीमा जारी गरेको प्रोस्पक्टिभमा ६.४ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण थियो ।  नेपालले भने चालु आवमा २०७८-०७९ मा ५.८४ प्रतिशत तथा आगामी आर्थिक वर्ष २०७-८० को लागि भने ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण एसियामा सन् २०२२-०२३ मा सबैभन्दा उच्च आर्थिक वृद्धिदर माल्दिभ्सको १०।२ प्रतिशत रहने विश्व बैंकको अनुमान रहेको छ । त्यस्तै, सबैभन्दा कम श्रीलंकाको भने ३.७ प्रतिशतले अर्थतन्त्र संकुचित हुने अनुमान गरेको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकले अनुमान गरेको छ ।यस्तै, बंगलादेशको ६.७ प्रतिशत, भुटानको ४.७ प्रतिशत र पाकिस्तानको ४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण विश्व बैंकले गरेको छ । 

सन् २०२२ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर समग्रमा ६.८ प्रतिशत हुने विश्व बैंकको अनुमान रहेको छ । यसअघि, ७.६ प्रतिशत रहने अनुमानलाई संशोधन गरेको हो । 

Global Ime bank

२०२३ मा भने दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ५.८ प्रतिशत र २०२४ मा ५६.५ प्रतिशत हुने विश्व बैंकको अनुमान रहेको छ । २०२३-२४ मा दक्षिण एसियाली देशमा नेपालको ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको विश्व बैंकले भारत र माल्दिभ्सको सवार्धिक ७।१ प्रतिशत, बंगलादेशको ६.९ प्रतिशत, भुटानको ५.७ प्रतिशत, पाकिस्तानको ४.२ प्रतिशत र श्रीलंकको १ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण विश्व बैंकको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय