site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्राले विजेतालाई दियो जेनेरेटर, मोटरसाइकल र विद्युतीय रिक्सा

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक अग्नी ग्रुपले आफ्नो अफर योजनाका विजेतालाई उपहार प्रदान गरेको छ ।

कम्पनीले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका चरिकोटको देवकोटा निर्माण सेवालाई केही दिनअघि वैशाख २६ गते काठमाडौंमा उक्त पुरस्कार हस्तान्तरण गरेको बताएको छ ।

जावा फोर्टी टु मोटरसाइकलका विजेता मिसेक फयाकलाई उनकै स्थानीय ठाउँ विर्तामोडमा वैशाख २७ गते उक्त पुरस्कार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

महिन्द्रा इलेक्ट्रिीक तीन पांग्रे रिक्सा–ट्रियो यारी जितेका आदेश कुँवरलाई वीरगन्जमा वैशाख २९ गते उक्त पुरस्कार प्रदान गरेको कम्पनीले बताएको छ ।

विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कम्पनीले “महिन्द्रा उत्सव २०२३” अफर योजना सार्वजनिक गरेको थियो ।

सो योजना अन्तर्गतका विजेताको नामावली लक्की ड्रमार्फत गत चैत ६ गते कम्पनीले सार्वजनिक गरेको थियो । कम्पनीले आगामी दिनमा पनि यस्तो योजना ल्याउने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro