site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोसपाको बैठक बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

निर्वाचनपछि लोसपाको पहिलो बैठक हिजोदेखि सुरु भएको हो । शनिबार अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीति, आउँदो चुनावको सन्दर्भलगायत एजेन्डा प्रस्तुत गरेका थिए । आजदेखि छलफल अघि बढ्ने झाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकको सुरुवातमा बोल्दै अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा अपेक्षित सफलता प्राप्त नगर्नुमा आफूहरूको पनि कमजोरी भएको बताएका थिए । “हाम्रो कमीकमजोरी भयो, पार्टी विभाजन भयो । कोरोनाका कारण संगठन विस्तारलाई तीव्रता दिन सकिएन । जसको असर निर्वाचनमा पर्‍यो,” महन्थको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले शनिबार बाह्रखरीसित भने ।

उनले निर्वाचन निष्पक्ष नभएको पनि बताए । “सुरक्षा निकायको पनि राम्रो भूमिका रहेन । गठबन्धनबाट अरू पार्टीका व्यक्तिमाथि आक्रमण गरियो,“ महन्थको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “चुनावमा पैसाको व्यापक चलखेल भयो । राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भयो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय