site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो
Sarbottam CementSarbottam Cement

काेलम्बाे । श्रीलंकाले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ ।

अर्थ, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि ३६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बनाइएको थियो । विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिइएको थियो ।

श्रीलंकाको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिङ क्षेत्रमार्फत पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ ।

Global Ime bank

श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अतिआवश्यक वस्तुहरूको आयात समेतमा परेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय