site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व धूमपानरहित दिवसको अवसरमा जनचेतना र्‍याली

काठमाडौं । विश्व धूमपानरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले भक्तपुर दरबार स्क्वायरमा जनचेतना र्‍याली आयोजना गरेको छ । 

विश्व धूमपान रहित दिवस २०२२ को अवसरमा काठमाडौं क्यान्सर सेन्टर (केसीसी) र क्यान्सर सपोर्ट एण्ड अवेरनेस नेपालले संयुक्त रुपमा जनचेतना जगाउन र्‍यालीको आयोजना गर्दै धूमपानले क्यान्सर मात्रै नभएर वातावरण पनि प्रदूषित बनाएको बताएको छ । 

र्‍यालीपछि सभामा परिणत भएको कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा. सिमित सापकोटा र डा. सुभाष पण्डितले २५ वर्ष मुनिका मानिसलाई सुर्तीजन्य पदार्थबाट जोगाउन आवश्यक रहेको स्पष्ट पारे । किशोर तथा युवाहरू सुर्तीजन्य वस्तु प्रयोग गर्ने उच्च जोखिम समूह मानिन्छ । 

नेपालको कुल जनसंख्याको करिब २० प्रतिशतले सुर्तीजन्य पदार्थ उपभोग गर्ने गरेको अनुमान छ । धूमपान गर्ने १५ देखि २० वर्ष उमेर समूहका मानिसको संख्या बढ्दै गएको छ । विश्वभरका पब्लिक हेल्थ च्याम्पियनहरूले यस वर्ष विश्व धूमपान रहित दिवस मनाउँदैछन् । यसपालिका कार्यक्रमहरू सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने वातावरणीय प्रभावमा केन्द्रित हुनेछन् । 

फोक्सोको क्यान्सर बाहेक टाउको, घाँटी र जिब्रोको क्यान्सर पनि नेपालमा सामान्य छ । मुख्यतया धुवाँविहीन सुर्ती सेवन गर्ने भन्दै युवाहरुमाझ पान पराग, गुट्खा र खैनीको प्रयोग बढी छ । यस्तै, युवायुवतीले हुक्का र सिसालाई सुरक्षित ठानेर प्रयोग गरिरहेका छन् । तर तिनीहरु पनि स्वास्थ्यको लागि उत्तिकै हानिकारक छन् । ई–सिगरेट र भेप पनि चुरोट जत्तिकै हानिकारक रहेको स्वास्थ्य विज्ञहरु बताउछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro