site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्सामा युवकको ‘हत्यामा संलग्न रही फरार’ तीनजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्सामा युवकको हत्यामा संलग्न रही फरार रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । ठोरी गाउँपालिका–५, ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रही फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्साको वीरगन्ज महानगरपालिका–३२, रामवनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ठूलो बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई यही जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए । वीरगन्जस्थित एलएस न्युरो हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उनीहरूलाई काठमाडौं महानगरपालिका–३, महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement