site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महामन्त्री शर्मा भन्छन्– कतै सफल कतै असफल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी तालमेल कतै सफल कतै असफल भएको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा शर्माले गठबन्धनले कतै उत्साह ल्याए पनि कतै खास काम गरेको नदेखिएको बताए 

“गठबन्धनलाई मिश्रित रूपमा विश्लेषण गर्नुपर्छ । सफल भनेर पूरै पनि भन्नु भएन, असफल भयो भनेर भन्न त बिल्कुलै मिलेन,” महामन्त्री शर्माले भने, “विराटनगर र ललितपुर हेर्दा गठबन्धन सफल देखिँदैन । तर, भरतपुरमा सफल देखिएको छ । पोखरामा सफल देखिएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले कांग्रेसले कतै गठबन्धन गरेर जिते पनि धेरै ठाउँ आफैँ जितेको जिकिर गरे । “३० वर्षपछि इलाम नगरपालिका कांग्रेसले एक्लै नौवटा वडासहित जित्यो । कास्कीको माछापुछ्रेमा एक्लै जित्यो । काठमाडौंको कीर्तिपुरमा एक्लै जित्यो,” उनले भने, “कांग्रेसले ६३४ स्थानीय तहमा लडेको छ । तालमेल गरेको ठाउँ कम र नगरेको ठाउँ बढी छ ।”

उनले झापाको भद्रपुरमा अघिल्लोपटक हारेको ठाउँ तालमेल गरेर योपटक जितेको बताए । यस्तै, अघिल्लोपटक जितेको झापाकै बाह्रदशी गाउँपालिका तालमेल गरेर पनि योपटक हारेको उनको भनाइ छ ।

Global Ime bank

“समीक्षा यकिन गर्न र आउन त बाँकी नै छ, तर समग्रमा सफलता नै देखियो,” शर्माले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement