site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रेनुले पाइनन् प्यानल मत, उपमेयरलाई भने प्यानलको शतप्रतिशत
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा पनि कांग्रेसकै उमेदवारको अग्रता छ । 

यो समाचार तयार पार्दासम्म आठ हजार ८६३ मतको गणना सकिएको छ । रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार १५३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ खतिवडाले एक हजार ९३ मत पाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले तीन हजार ४९८ मत प्राप्त गरेका छन् । राप्रपाका उमेदवारले दुई हजार ५११ मत प्राप्त गरेका छन् ।
 
मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उमेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ । 

वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २१०५ मत पाएका छन् । यो जोड्दा ३५०२ मत हुन्छ । 

Global Ime bank

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४९८ मत पाएका छन् । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मतमात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय