site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरामा तालमेलविरुद्ध उत्रिए कांग्रेस कार्यकर्ता, घोषणापत्र सार्वजनिक कार्यक्रम अवरुद्ध
Sarbottam CementSarbottam Cement

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ता पोखरामा विरोधमा उत्रिएका छन् । पोखरा महानगरपालिकामा चुनावी तालमेल गर्ने निर्णयविरुद्ध बिहीबार उनीहरू विरोधमा उत्रिएका हुन् ।

सत्ता गठबन्धनबीच देशका अरू पालिकाजस्तै पोखरामा पनि तालमेल गर्ने सहमति भएको छ । पोखराका ३३ मध्ये केही वडा साझेदार दललाई छाड्ने निर्णयविरुद्ध कांग्रेस कार्यकर्ताल प्रदर्शन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कास्की कांग्रेसले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेसँगै सबै वडामा कांग्रेसले उमेदवारी दर्ता गराएको छ । तर, आफ्ना उमेदवारलाई फिर्ता गराएर केही वडा अरू दललाई छाड्न खोजिएको भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूको अवरोधका कारण आज दिउँसो २ बजेलाई राखिएको गठबन्धनका उमेदवारको घोषणापत्र सार्वजनिक कार्यक्रम नै अवरुद्ध भएको छ ।

Global Ime bank

कांग्रेस कार्यकर्ताले कार्यक्रम आयोजनास्थलमा तालाबन्दी गरेर कसैलाई प्रवेश गर्न दिएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय