site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोना लगातार तेस्रोपटक घरेलु मैदानमा पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । बार्सिलोना घरेलु मैदान आश्चर्यजनक रूपमा लगातार तेस्रोपटक पराजित भएपछि रियाल मड्रिडको उपाधि यात्रा अझ सहज बनेको छ । बार्सिलोना आइतबार राति स्पेनिस लिग ला लिगा फुटबलमा रायो भायोकानोसँग १–० ले पराजित भएको हो ।

बार्सिलोना सबैखाले प्रतियोगितामा गरी घरेलु मैदानमा लगातार तीन खेलमा पराजित भएको यो तेस्रोपटक हो । बार्सिलोनाको हारसँगै अब रियाललाई उपाधि पक्का गर्न एक मात्र अंक आवश्यक छ । रियालले अब एक अंक जोडेमा पछिल्लो तीन सिजनमा दोस्रोपटक उपाधि जित्नेछ ।

रियालले अब लिगमा शनिबार स्पानियोललाई घरमा आतिथ्यता प्रदान गर्दै छ । उक्त खेलसँगै रियालले उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हारपछि ३३ खेलबाट ६३ अंकको बार्सिलाना दोस्रो स्थानमा छ । समान खेलबाट रियालले ७८ अंक जोडेको छ । लिगमा १५ अंकको खेल बाँकी छ । त्यसकारण रियालले अब एक अंक जोडेमा उपाधि पक्का हुनेछ । 'हेड–टु–हेड'मा भने क्याटलान क्लब अगाडि छ ।

‘‘घरेलु मैदानमा हामीले संघर्ष गरिरहनुपरेको छ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने, ‘‘हामीले सुरुमै गोल खायौँ । त्यसपछि हामीलाई खेलमा फर्किन कठिन भयो । हामी अहिले खराब गतिशीलतामा छौँ ।’’

Global Ime bank

रायो भायोकानोका अल्भारो गार्सियाले सातौँ मिनेटमा गरेको गोल जितमा निर्णायक बन्यो । खेलपछि बार्सिलोनाका समर्थकले आफ्नो टिमको आलोचना गरेका थिए । जितपछि ३३ खेलबाट ४० अंक जोडेको भायोकानो ११औँ स्थानमा छ ।

‘‘हामी अहिले एकदमै कठिन परिस्थितिमा छौं,’’ बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘‘हामी अझै पनि च्याम्पियन्स लिग खेल्ने स्थानमा छौँ । तर, हामी आफैँले अगाडिको यात्रा कठिन बनाउँदै छौँ ।’’

बार्सिलोना युरोपा लिगमा इन्ट्राचट फ्रांकफर्टसँग घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो । त्यस्तै, लिगमा कार्डिजसँग पनि १–० ले पराजित भएको थियो । रियाल सोसिडाडको घरेलु मैदानमा भने बार्सिलोना १–० ले विजयी भएको थियो ।

बार्सिलोना यसअघि सन् १९९७/९८ र १९९८/९९ मात्र लगातार तीनपटक घरेलु मैदानमा पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement