site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिम्स्टेकको ऊर्जामन्त्रीस्तरीय बैठक : ऊर्जा व्यापार, ग्रिड कनेक्सनसम्बन्धी गुरुयोजना र व्यापार केन्द्र स्थापना गर्ने सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठकमा ऊर्जा व्यापार, ग्रिड कनेक्सनसम्बन्धी गुरुयोजना र व्यापार केन्द्र स्थापना गर्ने सहमति भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ ।

बैठक ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्नका लागि ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन कोअर्डिनेसन कमिटी’ स्थापना गर्न सहमति भएको जनाइएको छ । एसियाली विकास बैंकको सहयोगमा बिम्स्टेक ग्रिड पारस्परिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठक सहमति भएको छ । त्यसैगरी ऊर्जा व्यापारका लागि नीति एवं ट्यारिफ प्रणाली विकास गर्न पनि बैठकले स्वीकार गरेको छ । बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जाको व्यापार कसरी गर्ने भन्ने विषयमा सहकार्यको योजना बनाउन विशेषज्ञसहित समूह विकास गर्न समझदारी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी ऊर्जासम्बन्धी अनुसन्धानका लागि र सदस्य राष्ट्रहरुबीच अनुभव आदानप्रदान एवं सहकार्यलाई सबल बनाउन बिम्स्टेक ऊर्जा केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि गुरुयोजना र कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गर्नेछ भन्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

बैठकको अध्यक्षता गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिम्स्टेक मुलुकमा पर्याप्त प्राकृतिक स्रोत उपलब्ध भएको उल्लेख गर्दै विशेष गरेर स्वच्छ र नवीकरणीय प्राकृतिक स्रोतलाई ऊर्जाको रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । ऊर्जा प्रवर्द्धनमा पर्याप्त आर्थिक लगानी गर्नुपर्नेमा जोड दिँदै उनले बिम्स्टेक क्षेत्रमा प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्दै जानुपर्ने बताइन् । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय