site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिंहदरबार र राष्ट्र बैंकमा छलफल हुन्छ, निर्णय के भयो र असर के ? हामीलाई थाहा हुँदैन : अध्यक्ष गोल्छा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजश्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेको बताएका छन् । उनले विकास साझेदारको रूपमा निजी क्षेत्रलाई हेर्न नसकेको बताए । 

महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र साक्षी मात्रै नभएर कतिपय ठाउँमा नेतृत्व गर्न चाहेको बताए ।
उनले पहिलो ५ महिनामा ५.११ प्रतिशतले वृद्धि भएको अर्थतन्त्र अब संकुचित हुन लागेको बताए । अब ७ प्रतिशत आर्थिक वृद्दि नहुने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष गोल्छाले निजी क्षेत्र दौडिन खोजे पनि अर्थतन्त्रले थेग्न नसकेको बताए । “हामी संकटउन्मुख छौं । तर, संकटग्रस्त भइसकेका छैनौं ।”

अर्थतन्त्रको ७७ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफलको कुनै निर्णयबारे जानकारी नदिने गरेको उनको गुनासो छ । “ती नीति किन र केका लागि तथा असर के हुन्छ केही थाहा छैन,” उनले भने । 

Global Ime bank

अर्थतन्त्रलाई श्रीलंका हुँन नदिने तर अहिलेदेखि नै चनाखो नभए केही वर्षपछि खराब अवस्थामा पुगिने उनको भनाइ छ । “वित्तीय प्रणालीमा १० अर्ब रुपैयाँ मात्रै तरलता उपलब्ध भइरहेको भन्ने कुराको अर्थ के हो ? अर्थतन्त्रले गति लिने बित्तिकै किन तरलता अभाव हुन्छ ?, सरकारको पुँजीगत खर्च सुरुमा किन हुन सक्दैन र किन ८०प्रतिशत नाघ्न सक्दैन ?, उद्यमी व्यवसायीले यस्तो उतारचढाव भइरहने ब्याजदरमा कसरी काम गर्न सक्छन् ? यी र यस्ता प्रश्न अहिले छन्,” उनले भने, “हामीले सम्पत्ति अभिलेखीकरणको माग गरिरहेका छौं । यसले अहिलेको धेरैजसो समस्या समाधान गर्नेछ । यी विषयमा छलफल होस् भन्ने मेरो चाहना हो ।” 

उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा देखेका मुख्य चार समस्याबारे छलफल गर्ने उनले बताए । यसमा मुख्यतया पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय खोजी हुने उनले बताए । 

“हामीले विस्तृत अध्ययन गरेका छौं ,कार्यन्वयनमा सहकार्य गरिदिनुहोस् । हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं , अबरोध नगरिदिनुहोस्,” अध्यक्ष गोल्छाले भने, “हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौ,ं स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।” 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement