site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आवश्यकता र परिस्थिति हेरेर चुनावी तालमेल हुन्छ : डा. शेखर कोइराला
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेका वरिष्ठ नेता डा. शेखर कोइरालाले औचित्य र आवश्यकताअनुसार तल्लो तहमा निर्वाचनमा तालमेल हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै कोइरालाले गठबन्धन भन्ने शब्द कतै प्रयोग नभएको दाबी गरेका हुन । 

उनले भेन,“घर घर जाउँ माओवादीलाई जिताउँ होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान हो । कांग्रेसको केन्द्रले गरेको निर्णय हो । औचित्य र आवश्यकताअनुसार क्षेत्र अनि जिल्लाले तल चुनावी ताललमेलको विषयको निर्णय गर्ने हो । तर सरकारमा भएका दलहरुसंग गठबन्धन गर्ने भन्ने कतै उल्लेख गरिएको छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले निर्वाचन परिचालन कमिटी गठन गरेको हो तर को उमेदवार को बन्ने भन्ने केन्द्रले गर्दा त्यसले तलसम्म कांग्रेसलाई घाटा हुने बताए । “त्यो भए सत्तासीन दल र कांग्रेस दुबैलाई घाटा हुन्छ”, उनले भने । 

उमेदवारीको नामावाली सार्वजनिक नगर्न भनि कांग्रेसले सर्कुलर गरेको विषयमा आफूलाई जानकारी नभएको बताउँदै कोइरालाले नेविसंघ र तरुण दलको नियुक्ति सभापतिको अधिकार प्रयोग भएर गरिएको विषय भएको स्पष्ट गरे । “समयन्त्र बनाउने विषयमा पनि नोपली कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार हुने भनिएको छ,” कोइरालो भने,“चुनावमा सरकारमा भएका दलसँग गर्ने भनिएको छ । गठबन्धन भन्ने शब्द छैन । नगर्नुस भनेर मैले भन्ने हो । कार्यकर्ताले विरोध गरे त्यसले असर गर्न सक्छ भन्ने हो ।” कांग्रेसको सुन्दरता भनेकै बीचको बाटो लिएर जाने भन्दै कोइरालो सभापतिले चाहेको भए जे पनि गर्न सक्ने भन्दै स्थानीय तहको विषयमा क्षेत्र र जिल्लालाई निर्णय गर्ने अधिकार दिनु सकारात्मक भएको बताए । 

Global Ime bank

“कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ भन्ने नै महत्वपूणै हो,” उनले भने,“देशैभरि गठबन्धन गरेर जाने भनेको छैन । आवश्यक परे तल तालमेल गरेर जाने भनिएको हो ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय