site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै उपलब्ध गराएको तथ्यांकानुसार मार्चमा हवाईमार्ग भएर कुल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । यो वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड-१९ महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । वसन्तयामको हिमाल आरोहणका लागि उल्लेख्य संख्यामा विदेशी नेपाल आउने गर्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro