site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्तिवार्ता तोडेर रुसद्वारा फेरि युक्रेनमा हमला, युक्रेनी मूर्ख नभएको जेलेन्सीको प्रतिक्रिया
Tiktok banner adTiktok banner ad

बीबीसी । मंंगलबारको शान्ति वार्तामा रुसी पक्षले राजधानी किभ र चेर्निभ क्षेत्र आसपासमा सैन्य गतिविधि घटाउने वाचा गरेको थियो । तर, त्यहाँका गभर्नर भियाचेस्लभ चाओसले रुसले गरेको आफूले गरेको वाचा उल्लंघन गर्दै केही समयमै चेर्निभमा पुनः हमाला गरेको बताएका छन् । 

उता पूर्वीयुक्रेनको डोनसेक क्षेत्रमा पनि रुसीले तीव्र आक्रमण गरिरहेको रिपोर्ट गरिएको छ । यसमा दुवै तर्फबीच ठूलो लडाइँ भइरहेको खबर गरिएको छ । 

गभर्नर चाओसले भनेका छन्, “अब हामीले विश्वास गर्न मिल्छ ? उनीहरूले आफ्नो वचन तोडिसकेका छन् ।”

उनकाअनुसार रुसले चेर्निभमा रातभर बमबारी गरेको छ । यसैकारण राजधानी किभमा बुधबार बिहानैदेखि हवाई साइरन बजिरहेको अवस्था छ । 

रुसले आफ्ना सेना फिर्ता ल्याउने वचन दिएको घन्टौँसम्म पनि साइरन रोकिने संकेत देखिएको थिएन । 

युक्रेन र अमेरिकी अधिकारीले पूर्वीक्षेत्रलाई निशाना बनाउन रुसले आफ्ना सेना स्थानान्तरण गर्ने प्रयास गरिरहेको शंका गरेका छन् । 

रुसका उपरक्षामन्त्री एलेक्जेन्डर फोमिनले शान्ति वार्तामा दुवै पक्षबीच विश्वास बढाउन आफूहरूले सैन्य गतिविधि घटाउँदै लैजाने बताएका थिए । 

टर्कीको स्तानबुलमा दुई पक्षबीच यसबारे  तीन घन्टा लामो छलफल भएको थियो । छलफलमा युक्रेन तटस्थ राष्ट्र रहे रुसले सुरक्षाको ग्यारेन्टी दिने वचनकै आधारमा युद्धबिरामका लागि पहल भएको थियो ।

रुसको कदमप्रति आक्रोशित हुँदै राष्ट्रपति जेलेन्स्किीले एक भिडियोमार्फत युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनीयन सोझा र मूर्ख छैनन्’ भन्ने प्रतिक्रिया दिएका छन् । 

साथै, उनले रुससँगको वार्ता सकारात्मक भए पनि आफ्नो भूमिमा रुसी फौजको लगातार बमबारी र विस्फोटन कुनै पनि हालतमा बेवास्ता गर्न नसकिने बताएका छन् । 

अन्य मुलुकले यसबारे सतर्क भएर अवलोकन गर्ने बताइरहेका छन् । तर, अमेरिकी राष्ट्रपति बाइडेनले भने बोलेअनुसारको कदम नउठाएसम्म आफूले केही भन्न नसक्ने बताएका छन् । 

त्यसैगरी, बेलायत, फ्रान्स, जर्मनी, इटलीलगायत पश्चिमी राष्ट्रले कुनै आधारमा रुसलाई हलुका रूपमा नलिन र सचेत भएर बस्न आग्रह गरेका छन् । 

चाउसकाअनुसार रुसी फौजले बुधबार बिहानसम्म निजहिन क्षेत्रमा हमला गरिरहेको थियो । 

यसअघि चेर्निभ सहरका मेयरले बीबीसीसँगको कुराकानीमा घना बस्ती भएको ठाउँमा गरिएको अमानवीय हमला र बमबारीले ३५ भन्दा बढी नागरिक गम्भीर घाइते भएको बताएका थिए । जसमा धेरैले हातखुट्टा गुमाएको र कतिको ज्यानसमेत गएको उनले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro