site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाकै असहयोग : मन्त्री रेग्मी
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित 'यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल' विषयक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आवश्यक रहेको बताइन् ।

"हत्या, हिंसा र बलात्कार धेरै भयो, असमान, विभेदपूर्ण कानुनहरू छन् । महिलामैत्री कानुन निर्माणमा सघाउने गरी औपचारिक संयन्त्र बनाऔँ," उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला र यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदाका महिलाकै असहयोग हुने गरेको उनको गुनासो छ ।

उनले महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका राष्ट्रपति विद्यादेवी भण्डारीले समय नदिएको बताइन् ।

Global Ime bank

"दुई चारजना उच्च ओहोदा पुगेको भनेर महिलाका मुद्दालाई महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्," उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement