site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत-जापानका प्रधानमन्त्रीबीच भेटवार्ता : आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा संस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवार्ता दुई देशको मित्रता बढाउन फलदायी भएको छ ।”

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पहिलोपटक भएको उनीहरूको भेटवार्ताका क्रममा युक्रेन संकटको बारेमा समेत कुराकानी भएको अनुमान गरिए पनि यसबारेमा केही बताइएको छैन । 

Global Ime bank

पश्चिमी देशले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशले यसमाथि नजिकबाट नजर राखिरहेका बेला किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्त्वका साथ हेरिएको छ ।

आफ्नो दुईदिने भारत बसाइका क्रममा जापानका प्रधानमन्त्री किशिदा १४औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय