site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङको घोराही उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुँदै
Sarbottam CementSarbottam Cement

दाङ  । दाङको घोराही उपमहानगरपालिकालाई फागुन २४ गते बालमैत्री नगर घोषणा गरिने भएको छ ।  नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर फागुन २४ गते बालमैत्री नगर घोषणा गर्न गर्ने निर्णय गरेको हो ।

‘बालमैत्री अभियानमा सबै लागि परौँ, बालबालिको अधिकारको संरक्षण गरौँ’ भन्ने नाराका साथ थालिएको अभियानअन्तर्गतका सबै सूचक पूरा हुँदै गर्दा नगरलाई बालमैत्रीनगर घोषणा गर्न लागिएको शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसका लागि यही फागुन १५ र १६ गते विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूसहितको टोलीले संयुक्तरूपमा अनुगमन गर्नेसमेत बैठकले निर्णय गरेको छ । 

कार्यक्रममा बालमैत्रीविज्ञ विकिरण गौतमले स्थानीय सरकार बालमैत्री नगर बनाउन सक्रियाका साथ लागेकोप्रति खुसी व्यक्त गरे । उनले बालबालिकाको अधिकार सुरक्षित र प्रत्याभूत गराउने गरी सरकारले गरेको काम प्रशंसनीय रहेको उल्लेख गरे ।

Global Ime bank

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बालअधिकारलाई अभिभावक, परिवार, समाज र स्थानीय सरकारले कार्यान्वयनमा प्रतिवद्ध हुनु सामाजिक विकासको बलियो आधार भएको बताए । 

त्यसैगरी, नगर प्रमुख चौधरीले गर्भावस्थादेखि नै बालबालिकाको अधिकार सुरक्षित गराउने सवालमा स्थानीय सरकारले सचेतना जगाउने काम गरेको बताए ।

बालश्रमको अन्त्य, अनिवार्य शिक्षा, बालविवाह न्यूनीकरण, बालमैत्री कार्य व्यवहार, मनोरन्जन लगाएतका क्षेत्रमा उल्लेख्य सुधार ल्याएको समेत उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement