
वासिङटन । अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले अमेरिकी विधायकहरूलाई यदि रुसले युक्रेनमाथि पूर्ण चरणको आक्रमण सुरु गरेको खण्डमा केवल ७२ घन्टाभित्र राजधानी किभमा नियन्त्रण जमाउने जानकारी दिएको कुरा कंग्रेसको विभिन्न सुत्रले फोक्स न्युजलाई बताएका छन् ।
गत २ र ३ फ्रेब्रुअरीमा विधायकहरूलाई गोप्य रूपमा व्रिफिङ गर्ने क्रममा मिल्लीले त्यस आक्रमणको दौरान करिव १५ हजार युक्रेनी र ४ हजार रुसी फौजको मृत्यु हुने पनि अनुमान गरेका थिए ।
थुप्रै विधायकहरूले अमेरिकाको बाइडेन सरकारले तुरुन्तै युक्रेनलाई रुसको हमलाबाट बच्नका लागि विमानभेदी तोप र रकेट प्रक्षेपक प्रणाली जस्ता महत्वपूर्ण सैनिक सहयोग उपलब्ध नगराएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सो गोप्य बैठकमा बाइडेन सरकारले यदि त्यसरी महत्वपूर्ण सैनिक सहयोग आपुर्ति गरिएको खण्डमा त्यहि नै रुसका लागि आक्रमणका लागि निहुँ बन्ने बताएको थियो ।
हुन त गत डिसेम्वरमा नै अमेरिकाले छुट्याएको २० करोड अमेरिकी डलरबाट युक्रेनले सुरक्षा सहयोग पाइरहेको छ । त्यसैगरी युक्रेनलाई संयुक्त अधिराज्य र बाल्टिक मुलुकहरूबाट पनि ६० करोड डलर सहयोग पाइरहेको छ ।
युक्रेन बेलायत र बाल्टिक मुलुकहरू माथि नै ट्याङ्की भेदक जेभलिन क्षेप्यास्त्र र पुराना संस्करणका स्टिन्जर पोर्टेबल एन्टि– एयरक्राफ्ट क्षेप्यास्त्रका लागि भरपर्ने गरेको छ ।
सो बैठकमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय गुप्तचर निकायका निर्देशक एभरिल हैनेस र मातृभूमि सुरक्षा मन्त्री अलेजान्द्रो मायोर्कास लगायतका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
फक्सन्युजबाट ।