site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उखुबारीमा हत्या प्रकरण : थप दुईजना समातिए

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा भएको हत्या प्रकरणमा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ बस्ने ३२ वर्षीय शम्भुकुमार चौधरी र त्यसको भोलिपल्ट सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोमा पुरेको अवस्थाम फेलापरेको थियो ।

हत्या गरी खाल्डो खनी गाडेको कसुरमा संलग्न थप दुईजनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहनको 'हत्या गर्न' मण्डलले ललितपुरमा घर नै भाडामा लिएका थिए

घटनामा संलग्न रही फरार मोरङको रंगेली नगरपालिका–३, आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६, जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटना संलग्न रहेको आरोपमा अहिलेसम्म पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी तीनजनलाई सार्वजनिक गरेको थियो ।

हातको राखीले पहिचान भएको थियो शव

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro