site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविका रोकिएका परीक्षा फागुनमा हुने, यसै साता सूचना जारी गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू आउँदो फागुनमा हुन सक्ने बताइएको छ । यसबारेमा यसै साता त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्ने बताइएको छ ।

स्थगित परीक्षाबारे त्रिविले सोमबार अनौपचारिक छलफल गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए । त्रिविका पदाधिकारी, विद्यार्थी संगठन र प्राध्यापकहरूसँग अनौपचारिक बैठक बसी भइरहेका घटनाक्रमबारे जानकारी लिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्छन्, “कोरोनाको संक्रमणलाई अनुगमन गरिरहेका छाँै । विद्यार्थी तथा प्राध्यापकहरूसँग पनि छलफल चलाएका छौँ । यसै साता सूचना जारी गर्छौं ।”

उनले कोभिड–१९ को प्रकोपबारे बुझ्न तराईतिरका जिल्लामा समेत भ्रमण गर्न गएको बताए । “तराईमा कोरोनाको त्रास खासै भेटिएन । अब आज र भोलिको कोरोनाको संक्रमण अध्ययन गर्छौँ,” उनले भने ।

Global Ime bank

उनले परीक्षाअगावै १५ दिनअगाडि सूचना जारी गर्ने स्पष्ट पारे । त्रिविले स्थगित सबै परीक्षाको पुनर्तालिका सार्वजनिक गरेर सञ्चालन गरिने जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय