site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध छु : गृहमन्त्री खाँण
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आवश्यकताअनुसार निर्देशिका र कार्यविधि परिमार्जन गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुनचाँदी नेपालको पुरानो व्यवसाय भएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजाने बताए । मन्त्री खाँणले नेपालमा निर्माण हुने गरगहनालाई विदेशमा आकर्षित गर्न सके सुनचाँदी खरिद गर्दा बाहिरिएको धनराशी स्वदेशमा नै फर्कनसक्ने बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको गुनासो गरेका थिए ।

Global Ime bank

त्यस्तै सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा नेपालको गरगहनाको माग भएपनि प्रयाप्त सुन नभएका कारण माग पुरा गर्न नसकिएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement