site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको र टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका बुढाथोकी र भुजेलले सँगै बसेर मदिरा सेवन गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । मदिरा सेवनपछि विवाद भएको हुन सक्ने बताइएको छ ।

Global Ime bank

भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले पक्राउ गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement