site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धनुषामा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, रबरका गोली प्रहार
Sarbottam CementSarbottam Cement

काठमाडौं/जनकपुरधाम । धनुषाको पोर्ताहा पुलमा प्रहरी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच आइतबार झडप भएको छ । झडपका क्रममा दुवैतर्फ केही घाइते भएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड रबरका गोली प्रहार गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पोर्ताहा पुलमा राउतका कार्यकर्ताले टायर बालेर बाटो अवरुद्ध गरेका थिए । सोही अवरोध हटाउने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

रबरका गोली लागेर नथु यादव, रामदयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन् । घाइतेमध्ये वैजनाथको टाउकोमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

दुई प्रहरी पनि घाइते भएका छन् । प्रहरीजवान विवेककुमार साह र नारायण चौधरी घाइते भएको र उनीहरूको उपचार भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय