देश
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ ।
भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनेहरूमा कोभिड-१९ परीक्षणका लागि एन्टिजेन गर्न लागिएको हो ।
संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा उनीहरूको परीक्षण गरिँदैछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १२:०५
प्रतिक्रिया दिनुहोस्