site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काँचो नेतृत्व : लिङ्देन कि थापा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “कुनै कुतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ । यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु,” नाति जर्नेल अर्थात् राप्रपाका एकजना निवर्तनमान अध्यक्ष पशुपतिशमशेर जबराले शनिबार राप्रपाको नयाँ नेतृत्वका लागि भइरहेको मतदानकै क्रममा एक हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका शब्द हुन् यी ।

मतदानको अन्तिम समयतिर सामाजिक सञ्जालमा देखिएको यो हस्तलिखित विज्ञप्ति केही समयपछि कामै नलाग्ने भयो । अर्थात् राणाले जसलाई ‘कच्चा नेतृत्व’ भनेका थिए उनै लिङ्देनले राप्रपाको नेतृत्व लिन सफल भए ।

पञ्चायत कालदेखि राजतन्त्रको पक्षमा रहेका थापाले २०६२–६३ सालको आन्दोलनमा पनि अन्तिम समयसम्म तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई साथ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गणतन्त्रकालमा पनि ‘स्वार्थसहित’ राजतन्त्रको लगातार वकालत गर्दै आएका व्यक्ति हुन् थापा । राप्रपामा रहेको कुलीन विरासत कमल थापासँगै पहिलोपल्ट ढलेको छ । 

राजतन्त्रको एजेन्डा नछाड्ने तर गणतन्त्रबाट प्राप्त हुने फाइदा पनि नछाड्ने नेताकारुपमा परिचित थिए थापा । 

Global Ime bank

उनै थापा आइतबार बिहानैदेखि आफूलाई पराजित गर्ने लिङ्देनसँग जति आक्रोशित छन् त्यो भन्दा बढी तत्कालीन राजसंस्थासँग । जुन अहिले कुनै अस्तित्वमा छैन । तर थापाले आफूलाई पराजित गर्न निर्मल निवास लागेको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन् ।

“प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसा तगर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भ्रत्सर्ना गर्दछु । धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् शुभकामना,” थापा निर्वाचनमा पराजित भएदेखि नै सामाजिक सञ्जालमार्फत यस्ता टिप्पणी गर्दै भनेका छन् ।

थापाको यो आक्रोशबाट उनलाई हराउन भूमिका महाधिवेशन प्रतिनिधिभन्दा पनि निर्मल निवासको रहेको देखिन्छ ।

त्यसकारण उनी निर्मल निवासप्रति बढी आक्रोशित देखिन्थे । उनले सामाजिक सञ्जाल र व्यवहारबाटै लिङदेनको नेतृत्व सहर्ष स्वीकार गर्न तयार नरहेको देखिन्छ ।

कतिसम्म भने केहीसमयपछि हिमानी शाहको नाममा रहेको सामाजिक सञ्जालबाट राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएको पनि थापालाई पाच्य भएन ।

हिमानी शाहको नाममा रहेको अकाउन्टमा थापाले जवाफ दिँदै लेखे– अब चाँडै राजसंस्था पुनःस्थापना भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।

थापाका यी टिप्पणीप्रति उनलाई जवाफ दिनेले चर्को आलोचना गरेका छन् ।

उनै थापा लिङ्देनसहित नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथका बेलासमेत उपस्थित भएनन् ।

लिङ्देनका पदाधिकारीमा धेरै थापा निकट भए पनि धेरैजसो उपस्थित थिए तर थापा उपस्थित भएनन् ।

आफैं अभिभावकीय भूमिकामा रहेका थापाले केहीदिन अघिसम्म लिङदेनलाई सँगै लिएर हिँडेका थिए तर उनको उमेदवारी थापालाई मन परेन । 

कतिसम्म भने थापाले लिङ्देनसँग टुँडिखेलमा दौडिन तयार रहेको र दौडमा हारेमा नेतृत्व सुम्पन तयार भएको बताएका थिए ।

पञ्चायतकालदेखि आफूले लिएको सिद्धान्तको विपरीत पनि उनी देखिएका छन् जसरी उनलाई संविधान जारी गर्ने बेलामा आरोप लागेको थियो ।

संविधान जारी गर्ने बेलामा बलियो उपस्थिति भए पनि राप्रपाले अडान राख्न नसक्दा केही एजेन्डा समेट्न नसकिएको आरोप सो पार्टीभित्र लाग्दै आएको छ । त्यसबेला राप्रपाको नेतृत्वमा उनै थापा थिए । उनै थापालाई सरकारमा जान हतार भएको हुँदा संविधानका धारा पारित गर्न गणतन्त्रवादी दलहरुलाई सहयोग पुर्‍याएको आरोप छ ।

राष्ट्रपतिमा उमेदवारी दिएकी विद्या भण्डारीको समर्थक बसेको, राजसंस्था, हिन्दु राष्ट्रलगायतका एजेन्डा आफ्नो स्वास्र्थअनकूलमात्रै उठाउने गरेको आरोप लागेको थियो । संविधान जारी भइसकेपछि उनले विश्वकै उत्कृष्ट संविधान भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन अभिव्यक्ति दिने गरेको, सरकारमा टिकिरहन पार्टीको एजेन्डा बिर्सिएकोलगायतका आरोप खेप्दै आएका थापाले अहिले आफ्नै दलले अघि सार्दै आएको एजेन्डाप्रति आक्रोश व्यक्त गरेका छन् ।

कतिले यसलाई ‘सो पार्टीमा नरहने संकेत’का रुपमा हेरेका छन् ।

“उहाँ पद नभइ बस्न नसक्ने व्यक्ति हो, निर्वाचनमा पराजित भए नयाँ पार्टी खोल्ने सोच उहाँको पहिले नै थियो,” राप्रपाका एक नेता भन्छन्, “तर त्यसका लागि सहज भने छैन किन कि पदाधिकारीमा उहाँ निकटका धेरै व्यक्ति निर्वाचित भएका छन् । उहाँ वास्तवमा कच्चा नेतृत्व हुनुहुँदोरहेछ भन्ने पनि अहिले पुष्टि भएको छ ।”

उनका अनुसार आफु चढेको डुंगा डुब्न लागे पहिले नै साइड लाग्ने बानी परेका थापाले फेरि पनि त्यो चरित्र देखाउन सक्नेछन् ।

उनले एमालेको भर्खरै सम्पन्न महाधिवेशनतर्फ संकेत गर्दै भने, “केपी ओली र भीम रावलबीच कस्तो सम्बन्ध थियो तर रावल पराजित भएपछि पनि ओलीलाई बधाई दिएर पद तथा गोपनीयताको सपथ लिएर बाहिरिए तर थापाले अहिले आफ्ना प्रतिष्पर्धामा उत्रिएर विजय प्राप्त गरेका लिङ्देनलाई अध्यक्षमा स्वीकारसमेत नगर्ने संकेत गरिरहेका छन् ।”

थापा लिङ्देनसहित पदाधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नभए पनि सामाजिक सञ्जालमा भने आइतबार निकै सक्रिय रहे ।

उनले यो आफ्नो अन्तर्मनभित्रको मान्यतामा गम्भीर प्रश्नचिह्न खडा भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले फेरि भनेका छन्– मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो 
पोहोर साल खुसी फाट्दा 
जतन गरि मनले टाले 
त्यही साल माया फाट्यो 
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय