site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय कमिटी सदस्यहरूको लिस्ट फाइनल गर्न ओलीलाई सकस 
Sarbottam CementSarbottam Cement

चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पदाधिकारीको फाइनल गर्न सकस भएको छ ।

यति बेला अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीसँगै नेताहरू शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि रहेका छन् । यी नेताहरू मिलेर पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार गरिरहेको स्रोतले जानकारी दियो ।

यसैबीच, छलफलबाट उठेर बाहिर आएका नेता पृथ्वीसुब्बा गुरुङले अबको एक घण्टापछि हिजो रातिबाट रोकिएको बन्दसत्र सुरु हुने जानकारी दिए । उनले सहमतिमा केन्द्रीय कमिटीको टुंगो लगाउने गृहकार्य भइरहेको पनि बताए ।

Global Ime bank

“बन्दसत्र एक घण्टामा सुरु हुन्छ, सहमतिमै नेतृत्व चयन हुन्छ भन्नेमा हामी आशावादी छौँ,” उनले भने, “९० प्रतिशत विश्वास छ । १० प्रतिशतचाहिँ त्यहाँ कसैले केही भन्लान् भन्ने हो ।”

शनिबार रातिबाट रोकिएको पार्टीको दोस्रो दिनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुने बताइएको थियो । तर, नेतृत्वमा कुरा नमिल्दा बन्दसत्र अझै सुरु हुन सकेको छैन । आजै नेतृत्व चयन गरिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement