site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : गच्छदारका छोरा सुभाष निर्विरोध निर्वाचित
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मोरङको क्षेत्र नम्बर ६ मा अपराह्न ढिलो गरी निर्वाचन सुरु भएको छ । यो डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । 

सर्वसम्मतिको प्रयास गरिएपनि सहमति नजुटेपछि ४ बजे चुनावी प्रक्रियाबाट क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधि छान्न चुनाव सुरु भएको हो । कोइरालाको पकड मानिएको यो क्षेत्रमा संस्थापन पक्ष कमजोर छ । सहमितको प्रयासका लागि भएका वार्ताहरू असफल भएपछि अपराह्न ढिलो गरी चुनाव सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मतदानस्थल तोक्ने विषयमा संस्थापन र कोइराला पक्षबीच विवाद भएपछि मनोनयन समेत मंगलबार सारिएको थियो । मोरङको बुढीगंगा गाउँपालिकाको बाँसबारीमा निर्वाचन स्थल तय हुने राति अबेर सहमति भएको नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले जानकारी दिए ।

चुनावी प्रक्रिया सुरु भएपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । मधेशी महिला कोटाबाट पुनम सिंह पनि निर्विरोध भएकी छन् । डा. शेखर कोइरालालाई नेता गच्छदारले सुभाषलाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेका थिए । त्यसपछि कोइरालाको पहलमा उनलाई निर्विरोध चयन गरिएको हो ।

Global Ime bank

कार्यतालिकाअनुसार सोमबार नै मतदानको प्रक्रिया सुरु गर्नुपर्ने थियो । तर, आपसी विवाद र सहमतिको प्रयासमा भएको विलम्बका कारण चुनावी प्रक्रिया ढिलो हुन पुगेको सचिव कोइरालाले जानकारी दिए । यो क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारी चयन हुने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement