site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाँच टोलीको उपाधि लक्ष्य, कसले मार्ला बाजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पटकपटक सारिएपछि शुक्रबार हुन लागेको सहिद स्मारक ‘ए’ डिभजिन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन् । 

बिहीबार अखिल नेपाल फुटबल संघले आयोजना गरेको लिग अगाडिको पत्रकार सम्मेलनमा साविक विजेता मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, नेपाल पुलिस, मनाङ मर्स्याङ्दी, थ्री स्टार र न्युरोड टिम (एनआरटी) का प्रशिक्षकले उपाधि जित्ने लक्ष्य राखेको बताए । 

फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले आफुहरू रेलिगेसनबाट बच्नका लागि खेल्ने बताए । जावलाखेल, संकटा, एपीएफ, हिमालयन शेर्पा क्लबले शीर्ष चारमा रहने गरी तयारी गरेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नवप्रवेशी सातदोबाटो युथ क्लबका प्रशक्षक मेघराज केसीले आफूहरू अप्रत्याशित नतिजा निकाल्न तयार रहेको बताए ।

“क्लब ‘ए’ डिभिजन लिगमा नयाँ क्लब हो । शीर्ष लिगको अनुभव पनि छैन । तर प्रशिक्षक र खेलाडीहरूले लिगको अनुभव बटुलेका छन् । प्री–सिजन भन्ने कुरालाई हामीले भरपुर उपयोग गरेका छौँ । हाम्रो अनुभवलाई उपयोग गरेर राम्रो नतिजा निकाल्न मिहिनेत गरिरहेका छौँ,” यसै सिजन सातदोबाटोसँग अनुबन्ध भएका केसीले भने, “कुनै पनि क्लब ठुलो र सानो भन्ने हुँदैन । हाम्रो अन्ुभव अली कम छ । त्यही भएर हामीले फरक ढंगले तयारी गरेका छौँ । हामी पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो भनेर अनुभूति हुन दिदैनौ ।”

Global Ime bank

थ्री स्टार क्लबका पूर्व प्रशिक्षक मेघराज केसीले दुई चरणको खेलपछि आफ्नो टोलीलाई विपक्षीले हेर्ने नजर फरक पर्ने बताए । 

अघिल्लो सिजन तेह्रो स्थानमा रहेको ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले युवा खेलाडीको जोसमा अघिल्लो सिजन भन्दा राम्रो नतिजा निकाल्ने बताए ।

कुन क्लबका प्रशिक्षक र कप्तानले के भने ?
फ्रेन्ड्स क्लब
मृगेन्द्र मिश्र, प्रशिक्षक
 

हाम्रो पहिलो लक्ष्य त रेलिगेसन टार्ने नै हो । त्यसपछि हामी शीर्ष ६ भित्र रहनका लागि प्रतिस्पर्धा गर्नेछौँ । झण्डै ४० दिनको तयारी छ । क्लबमा नयाँ खेलाडीको वर्चस्व छ । तर, विदेशी खेलाडी राम्रो छ । टिम धेरै कमजोर पनि छैन । हामी ठुला भनिएका टोलीलाई सबक सिकाउन सक्षम छौँ ।

पहिलो खेल सातदोबाटोसँग छ । उनीहरू नवप्रवेशी क्बल हो । नयाँ जोसजाँगर छ । त्यसैले भोलिको खेल सहज हुनेछैन । तर, पहिलो खेल सधैँ महत्वपूर्ण हुन्छ । खेलाडीको मनोबल बढाउन पनि त्यसको अर्थ हुन्छ । त्यसकारण हामी तीन अङ्कका लागि खेल्ने हो । 

जावलाखेल युथ क्लब 
किशोरकुमार केसी, प्रशिक्षक 

हामी मुख्य कम्तिमा चौथो स्थानमा रहने हो । र, त्योभन्दा अझ माथि रहनका लागि प्रतिस्पर्धा गर्ने हो । विदेशी खेलाडी पनि राम्रा छन् । प्रविधकि रूपमा टिम राम्रो बनेको छ । 

कुलदीप कार्की, कप्तान
तयारी राम्रो छ । हामी मानसिक र शारीरिक दुबै रूपमा लिगका लागि तयार छौँ । पहिलो खेल मनाङसँग छ । मनाङ सबैभन्दा धेरै उपाधि जितेको क्लब हो । तर, हामी मनाङ भन्ने वित्तिकै डराउने पक्षमा छैनौँ । पहिलो खेल नभए पनि कुनै कुनै सयम खेल्नै पथ्र्यो । धेरै दबाव लिएका छैनौँ । मनाङलाई राम्रो चुनौती दिन्छौँ । हामी हतास पनि छैनौँ र धेरै उत्साहित पनि छैनौँ ।
 
नेपाल पुलिस क्लब 
अनन्तराज थापा, प्रशिक्षक

हाम्रो तयारी सधैँ हुनेगर्छ । विभागीय टोली भएकाले हाम्रो नियमित अभ्यास हुन्छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । युवा टोली छ । तर, लामो समयदेखि हामीसँगै खेलेका छौँ । टिममा राम्रो कम्युनिकेससन छ । राम्रो तालमेल छ । त्यसकारण सरप्राइज नतिजा निकाल्ने पक्षमा छौँ ।

हामी सधैँ नतिजाका लगि खेल्ने हो । राम्रो फुटबल खेल्ने हो । कम्युनिकेसन भएको छ । राम्रो फुटबल खेल्न थालेका छौँ । अन्य क्लबले विदेशी खेलाडी राख्छन् । त्यो उनीहरूका लागि फाइदा हो । हाम्रा लागि राम्रो पक्ष भनेको हामी नियमित प्रशिक्षण गर्छौं । हाम्रो त्यहीअनुसारको भौतिक पूर्वाधार छ । नियमित प्रशिक्षण गर्न पाउनु हाम्रा लागि फाइदा हो । त्यसको उपयोग गर्नेछौँ ।

सबै क्लब १९/२० कै छन् । खेलाडी अनुबन्ध गरेको हिसाबले मछिन्द्र केही बलियो देखिएको छ । नभए अन्य क्लब सबै एकनासका छन् । 

त्रिभुवन आर्मी क्लब
राजु तामाङ, सहायक प्रशिक्षक

राम्रो तयारी छ । सधैँ झै हाम्रो लक्ष्य उपाधि नै हो । टिममा नवयुग नहुँदा केही समस्या त हुन्छ नै । तर, उनको स्थानमा अन्य खेलाडी पनि उत्तिकै प्रतिभावान छन् । नवयुग जस्तो अनभुवी नभए पनि राम्रो खेलाडीको कमी छैन । भरत खवास, जर्स प्रिन्स कार्की, सुदिल राई सबै उत्तिकै छ ।  जगदिश श्रेष्ठ पनि टिममा ल्याएका छौँ । चार–पाँच दिन अघिमात्र टिममा आएकाले तालमेल मिल्न गह्रो भएको छ । उनले लय समातेपछि टिम अझ राम्रो हुनेछ । 

भरत खवास, कप्तान
परिवारमा एकजना सदस्य नहुँदा पक्कै पनि केही समस्या त हुन्छ नै । नवयुगको अभाव त खड्कन्छ । तर, उत्तिकै सम्भावना बोकेका अन्य खेलाडी छन् । नयाँ खेलाडीहरूलाई यो अवसर पनि हो, आफूलाई प्रमाणित गर्ने ।

लक्ष्य त हाम्रो उपाधि जित्ने नै हो । विगतमा उपाधि नजिक पुगेर पनि हामी कहीँकतै चुक्यौँ । यसपटक पुरानै टिम हो । पुरानै प्रशिक्षक हो । सधैँ सँगै खेलेका छौँ । त्यसैले विगतको कमजोरी सुधार गरेर उपाधि जित्ने विश्वास छ । अन्य सबै टिम राम्रो बनेको छ । यही टिम बलियो भन्ने छैन ।

न्युरोड टिम (एनआरटी)
राजुकाजी शाक्य, प्रशिक्षक

राम्रो तयारी छ । सुरुमा ग्राउण्ड अलि राम्रो नभएका कारण केही समस्या भएको थियो । अहिले ठिक छ । सुरुमा खेलाडी छान्न पनि समय लाग्यो । खेलाडीलाई ‘ट्रायल’मा बेलाएर छनोट गर्‍याैँ । त्यसकारण तयारीका लागि समय अलि कम भयो । तर, पनि हामी ‘बेस्ट’ नतिजा दिन तयार छौँ ।

सुपर लिगमा राम्रो गरेका दुई विदेशी खेलाडी छन् । उनीहरूलाई साथ दिने युवा खेलाडी छन् । दर्शन गुरुङ, एरिक विष्ट, अशोक थापाले पनि राम्रो गरिरहेका छन् । उनीहरूको तालमेल मिल्यो भने हामी बेस्ट नतिजा दिन्छौँ । 

प्रशिक्षक भएपछि दबाव त सधैँ हुन्छ । क्लब व्यवस्थापनले सधैँ राम्रो नतिजाको अपेक्षा गरेको हुन्छ । हामीले पनि त्यहीअनुसार मिहिनेत गरेका छौँ । दबाव भएर अहिलेदेखि निन्द्रा लाग्न छोडिसक्यो । 

सशत्र प्रहरी बल (एपीएफ)
कुमार थापा, प्रशिक्षक

पहिले र अहिलेको टिममा परिवर्तन खास केही भएको छैन । हामी नतिजामा परविर्तन गर्ने कोसिस गर्नेर्छौँ । हामीले ठुलो आशा गरेका छैनौँ । पहिले १२औँ स्थानमा रह्यौँ । अब कम्तीमा आठौँ स्थानमा रहनेछौँ । त्यो भन्दा अझ राम्रो गर्ने लक्ष्य हुनेछ । 

सातदोबाटो युथ क्लब 
मेघराज केसी, प्रशिक्षक

हाम्रो ‘ए’ डिभिजन लिगमा नयाँ क्बल हो । ‘ए’ डिभिजन लिगको अनुभव पनि छैन । तर, प्रशिक्षक र खेलाडीले लिगको अनुभव बटुलिसकेका छन् । हामीले चार महिनादेखि अभ्यास गरेको छौँ । प्री–सिजनको हामीले भरपुर उपयोग गरेका छौँ । क्लब उत्साहित छ । हाम्रो अनुभवलाई उपयोग गरेर राम्रो नतिजा निकाल्न मिहिनेत गरेका छौँ ।

नेपालका ठुलो र सानो भन्ने क्लब छैन । ‘ए’ डिभिजन लिग खेल्ने सबै ठुलो क्लब हो । त्यसकारण सातदोबटो सानो क्लब होइन । ‘ए’ डिभिजन लिगको अनुभव कम र बढी भन्ने मात्र हो । हाम्रो अनुभव अलि कम छ । त्यही भएर हामीले फरक ढङ्गले टिमलाई तयार पारेका छौँ । सातदोबाटो पहलिोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो भन्ने ‘फिल’ हुन नदिने गरी तयारी गरेका छौँ । त्यहीअनुसार प्रदर्शन गर्नेछौँ ।

हामीले सबै टोलीलाई एउटै लेभलमा राखेका छौँ । हामीलाई सबैले नयाँ क्लब भनेर हेरेको छ । एक दुई खेलपछि विपक्षीको हेर्ने नजर फरक पार्नेछौँ ।

मानबाहादुर तामाङ, कप्तान
लामो समय हिमालयन शेर्पाबाट खेलेँ । यसपटक नयाँ क्लबमा आएको छु । यो मेरो लागि चुनौती पनि हो । र, यसलाई अर्को पक्षबाट हेर्ने भने आफूलाई सिद्ध गर्ने अवसर पनि हो । १० वर्ष भन्दा लामो समयदेखि ‘ए’ भिडजिन खेलेको अनुभव छ । त्यसलाई म टिममा बाँड्ने छु । जसले युवा खेलाडीलाई मिहिनेत गर्न प्रेरणा मिल्नेछ ।

मछिन्द्र क्लब 
प्रवेश कट्वाल, प्रशिक्षक

साविक विजेता भएका कारण उपाधि रक्षा गर्ने दबाव छ । त्यही भएर हामीले थप नयाँ युवा स्टारहरूलाई भित्राएका छौँ । पक्कैपनि उपाधि जित्न भन्दा जोगाउन गाह्रो हुन्छ । त्यसैले हामीले अग्रपंक्तिमा खेलाडी थपेका छौँ । हामी उपाधि रक्षा गर्न तयार छौँ ।

प्रशिक्षक भएपछि सबै खालको चुनौती सामना गर्न तयार हुनुपर्छ । स्टार खेलाडीहरूलाई व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण नै छ । प्रशिक्षकले त्यो गर्नसक्नुपर्छ । उपाधि जित्नका लागि पनि खेलाडी त राम्रो नै चाहिन्छ । लिग हो, कहिले को घाइते हुन्छ भन्न सकिँदैन । हामी सकरात्मक छौँ । त्यहीअनुसार नतिजा आउनेमा विश्वस्त पनि छौँ ।

सुजल श्रेष्ठ, कप्तान
मनाङ मर्स्याङ्दीबाट दुईपटक र पछिल्लोपटक मछिन्द्रबाट उपाधि जितेको छु । पक्कै पनि लिगको उपाधि जित्न धेरै गाह्रो हुन्छ । तर, अझै पनि भर्खरको युवा अवस्थामा जुन जोसका साथ खेलेका थियौँ । त्यही जोस अहिले पनि कायम नै छ । अपेक्षा गर्छौं, उपाधि रक्षा गर्नेछौँ । 

संकटा क्लब
विष्णु तामाङ, प्रशिक्षक

लक्ष्य यही भनेका छैनौँ । दिन प्रतिदिनको नतिजाले लक्ष्य पनि तय हुनेछ । टिम दोस्रो स्थानमा हुँदा म खेलाडीको रूपमा थिएँ । अहिले प्रशिक्षकको रूपमा छु । त्यसले सजिलो पनि भएको छ । खेलाडीसँग मैदानभित्र र बाहिर कम्युनिकेसन गर्न सजिलो भएको छ । आशा छ, राम्रो नतिजा आउने छ ।

च्यासल युथ क्लब
बालगोपाल साहुखल, प्रशिक्षक

हाम्रो टिम योङ र इनर्जेटिक छ । शीर्ष ६ भित्र रहने हाम्रो लक्ष्य हो । मैत्रीपूर्ण खेलमा राम्रो गरेका छौँ । टोलीको मनोबल बढेको छ । युवा खेलाडी भएका कारण जोस पनि छ । तर, अनुभव कम भएकाले कहीँकतै चुक्नसक्ने सम्भावना हुन्छ । दुई अफ्रिकन मूलका खेलाडी छन् । उनीहरू अनुभवी भएकाले राम्रो छ । नेपाली मूलका इटालियन खेलाडी विकास युवा छन् । उनलाई टिममा फिट गर्ने प्रयास गरिरहेका छौँ । युथ लेभलमा खेलेका खेलाडी हुन् । टप लेभलको खेल खेलेको अनुभव कम छ । उनको खेल अप्रत्याशित छ । जस्तो नतिजा पनि आउन सक्छ ।

ब्रिगेड ब्वाइज क्बल
सनोज श्रेष्ठ, प्रशिक्षक

पहिलेको भन्दा सुधार गरेर राम्रो नतिजा ल्याउने लक्ष्य छ । बेस्ट रिजल्ट दिने हो । युवा खलाडीको वर्चस्व छ । टिम राम्रो बनेको छ । गत वर्षको भन्दा हामी राम्रो पोजिसनमा रहनेछौँ ।

अनिल गुरुङ, कप्तान
युवा खेलाडीहरू राम्रा छन् । विदेशी खेलाडी पनि अघिल्लो सिजनभन्दा राम्रा छन् । युवा खेलाडी हुँदा लिगमा अलिकति दबाव पनि हुनसक्छ । तर, कसरी मनोबल बढाउने भन्ने हो । आशा छ राम्रो नै खेल्नेछन् । 

मनाङ मर्स्याङ्दी क्लब
राजेन्द्र तामाङ, प्रशिक्षक

तयारी अलि छोटो भयो । खलाडीका रूपमा मनाङबाट उपाधि जितेको थिएँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरू छन् । हामी कीर्तिमानी नवौँपटक उपाधि जित्ने लक्ष्यमा छौँ । हामी पोखरा पनि जाने भनेका छौँ । पोखरामा हाम्रो समर्थकहरू धेरै हुनुहुन्छ । जुन राम्रो हो । तर, समर्थकको साथले मात्र जित्ने होइन । खेल नै खेल्नुपर्छ । त्यहीअुनसार तयारी गर्नेछौँ । हामी आफैँले खेलेर जित्ने हो ।

थ्री स्टार क्लब
ऊर्जन श्रेष्ठ, प्रशिक्षक

उपाधि नै हो । तयारी राम्रो भएको छ । हाम्रो टिम पनि राम्रो बनेको छ । सबै टिम राम्रो छन् । अब एक दुई–खेल हेरेपछि मात्र थाहा हुन्छ, कुन टोली कस्तो हो भनेर ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय