site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सवारी लाइसेन्स निकाल्न ‘महाभारत’ : देखिएन प्रविधिमा सुधार, हटेनन् बिचौलिया 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी लाइसेन्सको नयाँ आवेदन गत मंगलबारदेखि खुलेको थियो । लामो समयदेखि पर्खाइमा बसेका आवेदकहरू अब नयाँ लाइसेन्स निकाल्ने तयारीमा थिए । 

तर, विभागले लाइसेन्सको नयाँ आवेदन खुलेको दुई दिनमै प्राविधिक कारण देखाएर आवेदन बन्द गरेको छ । 

विभागमा आवेदन दिएर लामोसमयदेखि परीक्षाको पर्खाइमा रहेका चार लाखभन्दा बढी सवारी चालकको परीक्षा हुनै बाँकी छ । धेरै संख्या भएकाले विभागले लाइसेन्सको नयाँ आवेदन खुलाएपनि ट्रायल परीक्षा दिन ७–८ महिनासम्म कुर्नुपर्ने अवस्था थियो । तर, विभागले प्राविधिक कारण देखाएर आवेदन नै बन्द गरेपछि यो अवधि अझै लम्बिने देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका प्रवक्ता लोकनाथ भुसाल प्राविधिक समस्या हल हुनबित्तिकै पुनः आवेदन खुलाइने बताउँछन् । ‘‘अहिले प्राविधिक कारणले दुईदिनअघि मात्रै खुलेको लाइसेन्सको नयाँ आवेदन बन्द गर्नुपर्‍यो । हाम्रो सिस्टममा समस्या देखिएपछि  बन्द गर्नुपरेको हो । सिस्टम मर्मत भइरहेको छ,” प्रवक्ता भुसालले भने ।
 
विभागले करिब ६ महिना रोकिएको लाइसेन्स आवेदन हिजो मंगलबारदेखि देशभर खुला गरेको थियो । विभागको प्रविधिमा समस्या देखिएपछि यसको प्रत्यक्ष मारमा सेवाग्राहीहरू परेका छन् । 

विभागले अनेक योजना बनाएपनि पटक–पटक प्राविधिक समस्या देखिँदै आएको छ । अन्य विकल्प खोजेको बताइरहँदा पनि अहिलेसम्म केही टुंगो लगाउन सकिरहेको छैन । 

Global Ime bank

बिचौलियाको झनै बिगबिगी 
असोज १७ गते ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई जना विचौलियालाई पक्राउ गर्‍यो । लगत्तै असोज १८ गते ट्रायल तथा लिखित परीक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने भन्दै यातायात कार्यालयमै सेवाग्राहीलाई ठग्ने दुई जना पक्राउ परे । 

बिचौलियाहरूले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्दै आएका छन् । उनीहरूले विभिन्न प्रलोभन देखाएर यातायात कार्यालयमा आउने सेवाग्राहीलाई ठग्ने गर्छन् ।

सरकारले ०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मा ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । तर, उक्त व्यवस्था पनि ‘बिचौलियाकै दबावमा’ लागु नुहँदै विभागले खारेज गर्‍यो । 

विभागले मंगलबार नयाँ आवेदन खुलाउँदा ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ बमोजिमको लिखित र ट्रायल परीक्षा सञ्चालन गरिने जनाएको थियो । उक्त व्यवस्थाअनुसार लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यो व्यवस्था पनि लागु हुन सकेको छैन । यो नियम विभागले साउन १ गतेदेखि नै लागु गर्ने बताउँदै आएको थियो । 

विभागले एक फ्रान्सेली कम्पनीसँग सम्झौता गरी खरिद गरिएका स्मार्ट कार्ड आउन अझै दुई महिना लाग्ने जनाइएको छ । साउन महिनामै नेपाल आइपुग्ने भनिएको १४ लाख स्मार्टकार्ड अहिलेसम्म पनि आउन सकेको छैन । विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट हुन छोडेको लामो समय भयो । 

विभागले यसको विकल्पमा एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण गरिरहँदा परीक्षणकालीन लाइसेन्स पाउँन पनि उक्तिकै बिचौलियाकहाँ धाउनुपर्ने बाध्यात्मक अवस्था छ । 

विभागले लामो समयदेखि पर्खाइमा रहेका सेवाग्राही चाप पन्छाउन नसक्ने भन्दै काठमाडौं उपत्यकामा ट्रायल सेन्टर थप्ने तयारी पनि गरिरहेको छ । उक्त प्रक्रिया पनि विस्तार गर्न नसक्दा उपत्यकाभरका सेवाग्राहीका लागि चारओटा मात्रै ट्रायल सेन्टर छन् ।

कहिले स्मार्ट लाइसेन्सको अभाव, कहिले लाइसेन्स छाप्ने मेसिन बिग्रने, कहिले प्राविधिक गडबड हुँदै आएपनि विभागले दिर्घकालीन प्रक्रिया अघि बढाउन सकिरहेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement