site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चितवनमा भैंसी सम्मेलन गरिँदै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भैंसीपालनको विकास र सवलीकरणका लागि चितवनमा चार दिने भैंसी सम्मलेन गरिने भएको छ । कृषि तथा वन विश्व विद्यालय रामपुरमा कात्तिक ८ देखि १२ गतेसम्म एसियन बफेलो कङ्रेस गर्न लागिएको हो । आज भरतपुरमा विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
 
अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको भैंसी सम्मेलन नेपालमा भने पहिलो पटक मनाउन लागिएको हो । भैंसी पशुपालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण र उपयोगिताको विषयमा वैज्ञानिक, अनुसन्धान र प्रसार प्रविधिले भैंसी उत्पादनमा गरिने अनुसन्धानका लागि सम्मेलन केन्द्रित हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 

सम्मेलनमा नेपाल, भारत, चाइना, श्रीलंका, पाकिस्तानले आफ्नो देशमा भएको अनुसन्धान, उत्पादनको अवस्था जानकारी गराउने छन् । सन् २०१८ मा भारतमा भएको भैंसीको अनुसन्धानमा केन्द्रित सम्मेलनमा १७ देशका ३५० वैज्ञानिकसहित ४५० जना विज्ञ, प्राध्यापक, कृषक, विद्यालय सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए । कोभिडका कारण भौतिक रुपमा सम्मेलन गर्न नमिलेकाले भर्चुअल माध्यमबाट गर्न लागिएको उनले बताए । सम्मेलनले विभिन्न देशका विज्ञहरुसंँग ज्ञान साटासाट हुने हुंँदा नेपालमा नयांँ खोज र उपलब्धीमुलक हुने उनको भनाइ छ । 

विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले अहिलेको अनुसन्धान र प्रविधिको उद्घोेष नेपालबाट गर्ने कुरा गौरवको विषय रहेको बताए । कृषि अनुसन्धान र एसिया भैंसीको लागि महत्त्वपूर्ण मानिन्छ । भैंसीको कुल सख्याको ९० प्रतिशतभन्दा बढी उत्पादन एसियामा हुन्छ । सम्मेलनमा नेपालमा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न नेपालले प्रस्ताव पत्र प्रस्तुत् गर्ने प्रा.डा. रेग्मीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय