site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दबाबमा बंगलादेश, सुपर–१२ प्रवेशका लागि यस्तो छ समीकरण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणअन्तर्गत बंगलादेश र पपुवा न्युगिनी (पीएनजी)ले सुपर–१२ प्रवेशका लागि अन्तिम खेल खेल्दै छन् । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा ओमानलाई हराउँदै सुपर–१२ प्रवेशको सम्भावनालाई जीवित राखेको थियो ।

आजको खेलमा ओमान र पीएनजीको प्रदर्शनको आधारमा बंगलादेशको अघिल्लो चरण प्रवेश सम्भावनालाई प्रस्तुत गर्नेछ । बंगलादेश अहिले समूहको तेस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको बंगलादेश रनरेटका आधारमा ओमानभन्दा पछि छ । यदि, आजको खेलमा बंगलादेश पीएनजीसँग पराजित भएमा रनरेटका आधारमा प्रतियोगिताबाट बाहिरिनेछ ।

यता, पीएनजीले ठूलो अन्तरको जित निकालेमा उसलाई अघिल्लो चरण प्रवेशका लागि सहज हुनेछ । तर, पीएनजी अघिल्लो चरण प्रवेश गर्न आज नै हुने दोस्रो खेलमा स्कटल्यान्डले ओमानसँग पराजित हुनुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समूहको अंक तालिकामा स्कटल्यान्ड दुई खेलबाट चार अंक जोडेर शीर्ष स्थानमा छ । विश्वकप क्रिकेटमा डेब्यु गरेको पीएनजी समूह चरणबाटै बाहिरिने मनसायमा छैन । तर, पीएनजीलार्ई आफ्नो फराकिलो जितले मात्र पुग्दैन, ओमान र स्कटल्यान्डबीचको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

“बंगलादेशलाई हराउन सकिएमा विश्वकप क्रिकेटमा हाम्रो लागि ऐतिहासिक उपलब्धि हुनेछ । तर, सुपर–१२ प्रवेश भने हाम्रो हातमा छैन,” पीएनजीका कार्लेश एमिनीले भने ।

Global Ime bank

बंगलादेश 
बंगलादेशका लागि आजको खेल जित्नैपर्ने बाध्यता छ । टेस्ट राष्ट्र बंगलादेशसँग टिमलाई जित दिलाउन सक्ने क्षमता भएका खेलाडीहरू पनि छन् ।

फराकिलो जित निकाल्दै शीर्ष स्थानमा पुग्न बंगलादेशका ओपनर मोहम्द नाइम र लिटोन दाशको प्रदर्शनमा भर पर्छ । बंगलादेशका नाइमले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका थिए । नाइमले स्कटल्यान्डविरुद्धको खेल खेलेका थिएनन् । आजको खेलमा नाइम र लिटोन दाश ओपनरमा आउने प्रबल सम्भावना छ ।

बंगलादेशका लागि तेस्रो नम्बर आउने साकि अल हसनले अलराउन्डर प्रदर्शन गरिरहेका छन् । उनले स्कटल्यान्ड र ओमानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरे । बलिङतर्फ बंगलादेशका लागि मुस्तफिजुर रहमान, मेहदी हसन र साकिब अल हसन मुख्य हतिहार हुनेछन् ।

पीएनजी
विश्वकप क्रिकेटको पहिलो चरणका दुई खेलमा कमजोर बनेको पीएनजी अजाको खेलमा भने बलियो बन्ने योजनामा छ ।

पीएनजीका लागि कप्तान असाड भाला मुख्य खेलाडीका रूपमा रहनेछन् । उनले ओमानविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए । स्कटल्यान्डविरुद्धको खेलमा भने उनी चलेनन् ।

सेसे बाउ पनि पीएनजीका लागि मुख्य रोजाइमा हुनेछन् । उनले स्कटल्यान्डविरुद्ध २४ रन बनाएका थिए भने १३ रन बनाएका थिए । बलिङतर्फ भने पीएनजीका लागि काबुआ मोरेआ, लेगा सिका र सिमोन एटिया मुख्य हतियारका रुपमा हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय