site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कात्तिकमा अबिरल वर्षा : तीन दिन अझै रहन्छ, त्यसपछि फरक किसिमको हुन्छ ! 

काठमाडौं । कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांस क्षेत्रमा भारी वर्षा भइरहेको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । 

मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । तीनजना बढीको मृत्यु भइसकेको छ अझै वर्षा रोकिएको छैन । कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएका छन् । मौसमविदले यस वर्षको मनसुन राम्रो भएसँगै वर्षा भइरहेको बताइरहेका छन् ।  

यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ । विभागले उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

Dabur Nepal

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धर यस वर्षको मनसुन राम्रो भएकाले लामो समयसम्म वर्षा भइरहेको बताइन् । 

‘‘यसपालि मनसुन राम्रो छ । त्यही भएर वर्षाको सम्भावना लामो समयसम्म रहिरहेको हो । मनसुन राम्रो भएको अवस्था वर्षा तुरुन्तै फर्किएर जाँदैन । मनसुनको प्रक्रिया हराउन समय लाग्छ । विस्तारै हराउँदै जाने हो,” मानन्धरले भनिन्, ‘‘अक्टोवर र नोभेम्बर पोष्ट मनसुन सिजन हो । यस्तो अवस्थालाई ‘ट्रपिकल साइक्लोन’ बन्ने सिजन भनिन्छ । अहिले ट्रपिकल साइक्लोन बनिरहेको अवस्था हो र हाम्रोमा ‘ट्रपिकल साइक्लोन’ सिजन पनि यही हो । प्रि मनसुन सिजनमा पनि यो अवस्था रहिरहन्छ ।”

ट्रपिकल साइक्लोन भनेको के हो ? 

मौसमविद्का अनुसार ट्रपिकल साइक्लोन न्युन चापीय प्रणालीबाट बन्ने प्रक्रिया हो । यसवर्ष यो प्रक्रिया न्युन रुपमा भयो । यो ट्रपिकल साइक्लोन ठूलो हुन पाएन । यो अवस्थामा हामीले ट्रपिकल साइक्लोन भनी बंगालको खाडी, मध्य भारत न्युन चापीय प्रणाली र पश्चिमी वायु क्षेत्रलाई बुझ्छौँ । यस्ता न्युन चापीय प्रणालीबाट बन्ने प्रक्रियालाई ट्रपिकल साइक्लोन भनिन्छ ।

यस्तो अवस्थामा कस्तो खालको वर्षा हुन्छ ? 

मौसमविद् मानन्धरका अनुसार ‘टर्मिनल साइक्लोन’ बनिरहेको अवस्थामा फरक किसिमको वर्षा हुने गर्छ । ‘‘टर्मिनल साइक्लोन बनिरहेको छ । यस्तो अवस्थामा  जाडो हुने गर्छ । अत्यधिक मात्रामा हावाहुरी चल्ने सम्भावना रहन्छ ।  चट्याङ पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले अझ ‘टर्मिनल साइक्लोन’ कम बनेको अवस्था हो । ‘टर्मिनल साइक्लोन’ धेरै बनेको भए ठूलो क्षति बेहोर्नुपर्थ्यो,” मौसमविद् मानन्धरले भनिन् ।

के को प्रभाव ? 

मौसमविदका अनुसार नेपालमा वर्षाको प्रभाव हुनुका दुई कारण छन् । एउटा बंगालको खाडीमा र मध्य भारतमा बनेको न्युन चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भएको हो । 

‘‘बंगालको खाडीमा र मध्य भारतमा न्युन चापीय प्रणाली बन्यो । अहिले पनि बनिरहकै छ । यसको असर नेपालमा परेको हो । अर्को पश्चिमी वायु प्रणालीको प्रभाव नेपालमा छ । दुईवटा न्युन चापीय प्रणाली मिसिएर आउँदा लामो समय वर्षा रहिरहेको अवस्था हो । यदी यो प्रभाव पश्चिमी वायु क्षेत्रतिरै ढल्केको भए नेपालमा वर्षा हुने सम्भावना कम हुन्थ्यो,” मौसमविद् मानन्धरले भनिन्, ‘‘यो प्रक्रिया वर्षामय मौसम बनाउने प्रक्रिया हो । मौसम राम्रो बनाउने प्रक्रिया तुरुन्तै फर्किहाल्दैन ।” 

अब कहिलेसम्म रहन्छ वर्षा ? 

नेपालमा वर्षा भइरहने क्रम अझै दुईदिनसम्म रहिरहने मौसमविद् मानन्धरको भनाइ छ । ‘‘आज मंगलबार, भोलि बुधबार पनि वर्षा हुन्छ । पर्सी बिहीबारदेखि मौसम सुधार हुँदै जान्छ । एकै चोटी घाम लागिहाल्ने भने होइन । बादल हट्दैन । वर्षाको सम्भावना घट्दै जान्छ । केही दिन सुधार हुन्छ । त्यसपछि पुनः अर्कै किसिमको वर्षा हुने सम्भावना रहेको छ,” मौसमविद् मानन्धरले भनिन । 

विगतका वर्षमा के हुन्थ्यो ? 

मौसमविदहरुका अनुसार हरेक वर्षको मौसमको प्रकृति फेरिँदै आएको छ । मौसमविद् मानन्धर भन्छिन्, ‘‘मौसमको प्रकृति हरेक वर्ष परिवर्तन हुँदै जाने हो । एक वर्षको मनसुन अर्को वर्षको मनसुनसँग कहिल्यै पनि मेल खाँदैन ।  गतवर्ष ८ महिना सुख्खामा बस्नु परेको थियो । यस्तो भएको थिएन । मनसुन राम्रो नहुँदा वर्षा सक्रिय हुँदैन । मनसुन राम्रो भएको बेलामा वर्षा भइरहन्छ ।” 
तस्बिर : राससबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro