site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफन्तबाटै असुरक्षित, बढ्दो छ अपराधको ग्राफ
Sarbottam CementSarbottam Cement

विराटनगर  । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो । योजनाबद्ध रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीलाई मुख्य योजनाकारसहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो ।
 
गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाती दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । पछि छिमेकी ४७ वर्षीय खड्गबहादुर कार्की पक्राउ परे । मुख्य योजनाकार खड्गबहादुर २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीले कर्तव्य गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ । उनीहरु सबै मृतकका आफन्त हुन् ।

लोकबहादुरको घरमा मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसेर हत्या योजना बनाएको प्रहरी अनुसन्धाबाट खुल्न अएको छ । मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आएका बेला पहिले उनलाई र त्यसपछि परिवारका अन्य सदस्यको हत्या भएको प्रहरीको भनाइ छ । पारिवारिक रिसिइवी र इखका कारण घटना गराइएको प्रहरीको निष्कर्ष छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत फागुनमा झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रो नम्बर ३९ का ५५ वर्षीय सरे राईले मादक पदार्थ सेवन गरी श्रीमती ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको हत्या गरे । उनी पुर्पक्षमा छन् ।
 
सुनसरीको धरान ८ मा गत चैत १२ मा ३१ वर्षीया सम्झाना राईको हत्या भयो । यो घटनामा पनि श्रीमानकै संलग्नता देखियो । ३७ वर्षीय तिलबहादुरले सम्झनालाई खुकुरी प्रहार गरेका थिए ।

सामान्य विवादमै परिवारकै सदस्यको हत्यासम्मका गर्ने र जघन्य अपराधका घटना १ नं प्रदेशमा बढेको तथ्यांकले देखाएको छ ।
 
यो वर्ष प्रदेश १ को १४ जिल्लामा १ हजार २२५ वटा सामाजिक अपारध सम्बन्धी मुद्दा दर्ता भएका छन् । अपराधका घटनाको अध्ययनले एउटा डरलाग्दो तथ्य उजागर गरेको छ । त्यो हो–जघन्य अपराध मानिने हत्या घटनामा आफन्तकै संलग्नता बढी हुनु ।

Global Ime bank

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म अपराध सम्बन्धी ६ हजार ८७६ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये सामाजिक अपराधका घटना अधिक थिए । सामाजिक विकृतिबाट सृजित अपराध बढ्दा मानिस परिवारमै असुरक्षित हुन थालेको इन्सेकका प्रदेश प्रमुख सोमराज थापा बताउँछन् । उनले भने, “रिस, आवेग र आर्थिक प्रलोभलनका कारण पनि पारिवारिक अपराधका घटना बढेको पाइन्छ ।” उनले सामाजिक रुपमा नै यस्ता घटना हुन नदिन नागिरकको दायित्व उत्तिकै रहेको सुनाए । प्रतिशोध, घरेलु हिंसाका घटना र हत्या बढाउनुमा पहिलो कारण बन्दै जानु चिन्ताको विषय भएको थापाले बताए ।
 
मादी घटना पनि पारिवारिक रिस र इखका कारण भएको प्रदेश नं १ प्रहरी कार्यालयमा प्रमुख डीआईजी अरुणकुमार बीसी बताउँछन् । घटनाका संलग्न पक्राउ परेपछि चैनपुरमा गरिएको पत्रकार सम्मेलन बीसीले पारिवारिक रिसिइवी पनि घटनाको एक कारण भएको बताउँदै भने, “यो जघन्य अपराधमा संलग्नको पहिचान गरी अपराधीसम्म पुग्न प्रहरीलाई ठूलो सफलता मिलेको छ ।”

सामाजिक मनोविमर्शकर्ता तथा सामाजिक अभियन्ता मंजिता उपाध्याय जीवनशैलीमा आएको परिवर्तनले प्रविधिको दुरुपयोग बढ्दै जाँदा अपराध पनि त्यही ढंगले बढ्न थालेको बताउँछिन् । भन्छिन्, “मानिस परिवारमै बढी सुरक्षित महसुस गर्दछ तर आफन्तहरु नै अपराधमा संलग्न हुनुले पारिवारिक सुरक्षा र संरचनामाथि पनि चुनौती थपिन थालेको छ ।” परिवारकै सदस्यबाट हुने अपराध आधुनिक समाजका लागि टाउको दुखाईको विषय भएको सुनाइन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय