site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघको शनिबार जारी स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिएका हुन् । 

“विपत्तिको सामना गर्न अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सके स्वास्थ्य सेवालाई परिकल्पना गरे बमोजिमको सर्वसुलभ, सहज गर्दै जनताको जीवन रक्षा गर्न सकिन्छ,” उनले भने, “कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीलाई परास्त गर्न सकिएको छ ।” 

महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै कोभिडविरूद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको समेत उनले स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro