site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाकालमा परिवार नियोजनका साधन प्रयोगकर्ता बढे 
Sarbottam CementSarbottam Cement

काठमाडौं  आज आठौं राष्ट्रिय परिवार नियोजन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि यस वर्षको नारा ‘कोभिड–१९ को महामारी परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ तय गरिएको छ । 

सन् २०१६ सम्ममा नेपालमा परिवार नियोजनका साधनको प्रयोग दर ४२.८ रहेको स्वास्थ्य सेवा कल्याण महाशाखाको तथ्यांक छ । सार्क मुलुकहरुमध्ये नेपाल, भारत र बंगलादेशमा विगत केही दशकयता यो दर स्थिर रहेको महाशाखाको तथ्यांक छ । सन् २००६ मा ४४.२ प्रतिशत रहेको यो संख्या १० वर्षमा २ प्रतिशतले घटेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१९ मा गरिएको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षणले नेपालमा आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर ४४ प्रतिशत रहेको देखाएको छ । परिवार नियोजन सेवाको प्रयोगले नेपालमा सन् १९७६ देखि २०२१९ को बीचमा कुल प्रजनन् दर ६.३ बाट २.० प्रतिशतमा घटेको सर्र्वेक्षणले देखाएको छ । 

त्यस्तै सन् १९७६ देखि २०१९ को बीचमा परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ४७ प्रतिशतसम्म बढेको छ । कोभिड १९ को महामारी सुरु भएयता परिवार नियोजनका साधन प्रयोगकर्ता बढेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ । महाशाखाको तथ्यांकमा ०७६ फागुनमा लामो अवधिको परिवार नियोजन सेवा लिनेको संख्या ११ हजार ४७७ थपिएको र सोही संख्या ०७७ चैतमा १२ हजार ७५८ थपिएको महाशाखाको तथ्यांक छ । त्यस्तै २०७६⁄७७ मा बन्ध्याकरण सेवा लिनेको संख्या पनि अघिल्ला वर्षहरुभन्दा बढेको तथ्यांकले देखाएको छ । 

Global Ime bank

वर्ष ०७६⁄७७ मा यो सेवा लिनेको संख्या ११ हजार ३५ ले बढेको महाशाखाको तथ्यांकमा उल्लेख छ । दिगो विकास लक्ष्यमा नेपालले सन् २०३० सम्म आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर ६० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement